PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाजुराको बडीमालिका गाउँपालिकामा ने क पाबाट निर्वाचित ५ वडाध्यक्षले दिए सामूहिक राजीनामा



बाजुराको बडीमालिका गाउँपालिकामा ने क पाबाट निर्वाचित ५ वडाध्यक्षले दिए सामूहिक राजीनामा

बाजुरा: जिल्लाको बडिमालिका नगरपालिकाका ५ जना वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन्।

प्रचलित नीति नियम र ऐन कानुन विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिइ मनोमानी गर्न नछाडेकाले बिहीवार ध्यानाकर्षणपत्रसहित पाँचै जना वडाध्यक्षले सामूहिक राजीनामा दिएका हुन्।

नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बाट जितेका ५ वडाध्यक्षले राजीनामा दिएको वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए। विधि विपरित नगरप्रमुख र उपप्रमुखसहितले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गरिरहेकाले राजीनामा दिएको वडा नंम्बर ९ का अध्यक्ष विनोदकुमार विकले बताए।

समिति गठनदेखि नै निर्णय एकलौटी रूपमा गर्ने गरी फरक संगठन र आस्थाको भनेर बहुमतको शैली देखाएको भन्दै स्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य, धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मरबहादुर महत, रोजगार निर्देशक समिति सदस्य वीरबहादुर रावल, राजस्व परामर्श समिति सदस्य विनोदकुमार विक र नगरस्तरीय ऊर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामूहिक राजीनामा दिएका हुन्।

नगरप्रमुख पदम बडुवालले स्थानीय तहको निर्वाचनलगत्तै नै एकलौटी निर्णय गर्ने शैली नसच्चिएकाले एकल तवरबाट नगरपालिका सञ्चालन गरेर देखाउन चुनौतीसहित राजीनामा दिएको वडा नम्बर २ का अध्यक्ष डम्मर महतको भनाइ छ। बडिमालिका नगरपालिकामा बहुमत र अल्पमतलाई लिएर बेला–बेला विवाद समेत हुने गरेको छ। स्थानीय तह सञ्चालन निर्देशिकामा भने सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नै गरेको छैन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell