PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अफगानिस्तानमा प्रहरी र तालिबानबीच भिडन्त, तीन प्रहरी र पाँच लडाकू मारिए



अफगानिस्तानमा प्रहरी र तालिबानबीच भिडन्त, तीन प्रहरी र पाँच लडाकू मारिए
फोटो : Reuters ।

जलालाबाद : अफगानिस्तानको पूर्वी प्रान्त नानगारहारको खोग्यानी जिल्लाको घाज्नी आबाद प्रहरी चौकीमा तालिबान लडाकू समूहले आक्रमण गर्दा तीन प्रहरी मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले पुष्टि गरेका छन्। 

तालिबान लडाकू समूहको आक्रमणपछि प्रहरीले गरेको जवाफी कारबाहीमा पाँच लडाकू पनि मारिएका छन्।  सो आक्रमणमा परी तीन अफगान स्थानीय प्रहरीको मृत्यु भएको जनाइएको छ।

तालिबान लडाकूले गरेको आक्रमणपछि भएको झडपमा परी दुई प्रहरी र आठ तालिबान लडाकू घाइते भएका पनि प्रवक्ताले बताएका छन्।

युद्धग्रस्त देश अफगानिस्तानमा रहेको ३४ ओटा प्रान्तमा २० भन्दा बढीमा तालिबान लडाकू समूहले गत अप्रिलको शुरुबाट द्वन्द्व जारी राखेका छन्।

गत अप्रिलमा सोही समयबाट तालिबान लडाकू समूहले सुरक्षा अधिकारी र सरकारविरुद्ध भीषण आक्रमण गर्ने घोषणा गरेका थिए। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell