PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विद्युतको तार जुध्दा पार्किङ गरी राखेको कन्टेनरमा आगलागीः डिब्बा जलेर खरानी



विद्युतको तार जुध्दा पार्किङ गरी राखेको कन्टेनरमा आगलागीः डिब्बा जलेर खरानी

रसुवा: चालु लाइनको तार आपसमा जुध्दा विद्युत् प्रवाह भएर चीनको सीमावर्ती क्षेत्र रसुवागढीमा आज बिहान एउटा कन्टेनर डिब्बा जलेर नष्ट भएको छ। सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजस्व गस्ती २१ नम्बर गुल्म टिमुरेका गुल्मपति एवं डिएसपी लक्ष्मण थापाका अनुसार सामान लिनका लागि चीनको केरूङ जाने लाइनमा पर्किङ गरी राखिएको ना ३ ख ४८७३ नम्बरको कन्टेनर डिब्बा मितेरी पुल र घट्टेखोलाबीच रसुवागढी छेउकै राजमार्गमा जलेको हो।

हावा चल्दा गढीक्षेत्रको प्रसारण लाइन आपसमा जुध्न जाँदा विद्युत्लाइनमुनि पार्किङ गरी राखिएको कन्टेनर डिब्बाको छतमा विद्युत्को तारले छोएपछि एक्कासी निस्केको आगोले जलेर नष्ट भएको बताइएको छ। कन्टेनरमा लागेको आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा जुटे पनि नजिकमा पानीको स्रोत तथा दमकलको व्यवस्था नहुँदा आगो निभाउन कठिनाइ भएकाले डिब्बा पूरै जलेको डिएसपी थापाले जानकारी दिए।

विद्युत् प्राधिकरणले खम्बामा तारको राम्रो व्यवस्थापन गर्न नसकदा अलिकति पनि हावा चल्दा विद्युत् तार जुध्ने समस्या जटिल हुँदै गएको र बिजुलीको तारमुनि सवारीसाधन पार्किङ गर्नु सवारी चालकको समेत गल्ती भएको स्थानीय बासिन्दाले बताएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell