PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

श्रीलंकामा चार महिने लामो संकटकाल अन्त्य



श्रीलंकामा चार महिने लामो संकटकाल अन्त्य
फोटो : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना/Reuters ।

कोलम्बो : श्रीलंकाको सरकारले चार महिनादेखि जारी रहेको संकटकालीन अवस्थाको अन्त्य भएको घोषणा गरेको छ।

इस्लामिक अतिबादी समूहले विभिन्न होटल र चर्चहरुमा गरेको भीषण आक्रमणपछि यहाँको सरकारले संकटकालको घोषणा गरेको थियो ।

उक्त आक्रमणमा परी २ सय ५८ जनाको मृत्यु भएको थियो। सो आतङ्ककारी हमलापछि श्रीलंकाको राजधानी कोलम्बोमा असुरक्षाको अवस्था महसुश भएको थियो।

गत अप्रिल २१ मा श्रीलंकाका तीन ओटा होटल र तीन ओटा चर्चमा भएको भीषण आक्रमणपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संकटकाल घोषणा गरेका हुन्।

राष्ट्रपति सिरिसेनाको कार्यालयले बिहीबारबाट यहाँ संकटकालीन अवस्था हटाइएको जानकारी गराएको हो। उक्त संकटकालीन अवस्थाको समय बिहीबार सकिएको भए पनि राष्ट्रपति सिरिसेनाले समयावधि नबढाएको जानकारी उक्त कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।

श्रीलंकाका पर्यटनमन्त्रीले गत हप्तामात्र पनि यहाँ संकटकालीन अवस्था लम्ब्याउन आवश्यक नरहेको विषयमा आफ्नो सार्वजनिक धारणा राखेका थिए।

श्रीलंकामा संकटकालीन अवस्थाका कायम रहँदा पर्यटन व्यवसाय पनि सङ्कटमा परिरहेको भन्दै राज्य व्यवस्थालाई सामान्य अवस्थामा फर्काउन पर्यटनमन्त्री तथा पर्यटन व्यवसायीहरुले आग्रह गर्दै आएका थिए।

उक्त आतङ्ककारी आक्रमणमा सहभागीहरुलाई पक्राउ गर्नका लागि कोलम्बो प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो। 

तर ती आक्रमणमा संलग्नहरु मारिएका या पक्राउ परिसकेका प्रहरीले जनाएको छ। आक्रमणको जिम्मा लिने जिहादीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell