PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वीरगंजबाट दुई लाख नक्कली भारतीय नोटसहित दुई जना पक्राउ



वीरगंजबाट दुई लाख नक्कली भारतीय नोटसहित दुई जना पक्राउ

  • राधेश्याम पटेल-

वीरगंजः पर्सा प्रहरीले भारतीय रुपैयाँ(भारु)को जाली नोटको गिरोहका दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२ छपकैया बस्ने ४८ बर्षका जमिल अख्तर र बहुदरमाई नगरपालिका वडा नं २ बैरिया विर्ता बस्ने ३४ बर्षका दिलिपकुमार साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले दिउँसो १ बजे पत्रकार सम्मेलन गरी उनीहरुलाई नक्कली भारुसहित सार्वजनिक गरिएको थियो। प्रहरीले उनीहरुको साथबाट भारु २ हजारको ९५ थान अर्थात १ लाख ९० हजार नक्कली भारु बरामद गरेको जनाएको छ।

वीरगंज–१६ ईदगाहा चोकबाट उनीहरुलाई प्रहरीले हिजो साँझ हिरासतमा लिई खानतलासी गर्दा सो रकम फेला परेको थियो। पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने, ‘वीरगंजमा जाली नोटको गिरोह सक्रिय रहेको पक्राउ परेका अभियुक्तहरुको त्यो गिरोहमा संलग्न रहेको अनुसन्धानबाट जानकारी भएको छ, त्यस कारण अहिले त्यसतर्फ प्रहरी केन्द्रित छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell