PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कुमार पौडेलको हत्या छानविनमा संसदीय समितिले हस्तक्षेप गर्‍यो : आयोग



कुमार पौडेलको हत्या छानविनमा संसदीय समितिले हस्तक्षेप गर्‍यो : आयोग

मोरङ : नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या छानविनका क्रममा संसदीय समितिले हस्तक्षेप गरेको राष्ट्रिय मानव अधिकार आयोगले आरोप लगाएको छ। आयोगका सदस्य गोविन्द शर्माले समितिको उक्त कार्यलाई निष्पक्ष छानविनमाथिको हस्तक्षेप भएको बताए।

जनाधिकार अभियान नेपालले विराटनगरमा गरेको अन्तरक्रियामा शर्माले भने, 'हामीले छानविन गरिरहेका बेला संसदीय समितिले दबाप दियो, यो निष्पक्ष छानविनमाथिको हस्तक्षेप हो, संसदले हामीलाई निर्देशन दिन मिल्छ? त्यसो भए किन चाहियो छानविन समिति? यो गलत छ।'

पौडेलको हत्यासम्बन्धी प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगले अबको १५ दिनभित्र सार्वजनिक गर्ने पनि उनले बताए। यसअघि सार्वजनिक भएको प्रारम्भिक प्रतिवेदनमा कुमार पौडेलको गैरन्यायिक हत्या भएको बताइएको थियो।

उनले राजनीतिक दलहरूले आफूलाई चाहिदा मात्रै मानवअधिकारको कुरा गर्ने गरेको आरोप लगाए। अहिले सरकारले मानवअधिकार आयोगका सुझाव १२ प्रतिशत मात्रै कार्यान्वयन भएकोमा उनले आश्चर्य व्यक्त गरे। अहिले मानवअधिकार आयोगलाई कमजोर बनाउने प्रयास भएको भन्दै उनले सबैलाई आवाज उठाउन आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell