PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

अमेरिकाबाट आयातित सामानमा चीनले कर वृद्धि गर्ने



अमेरिकाबाट आयातित सामानमा चीनले कर वृद्धि गर्ने
फोटो : AFP ।

बेइजिङ : चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानको आयातमा नयाँ कर वृद्धिको घोषणा शुक्रबार गरेको छ।

चीन सरकारले दिएको जानकारी अनुसार उक्त नयाँ कर वृद्धि योजना आगामी सेप्टेम्बर १ र डिसेम्बर १५ देखि दुई चरणमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।

चीनको करवृद्धिसम्बन्धी पछिल्लो निर्णय वासिङ्टनले सेप्टेम्बरदेखि चिनियाँ सामानमाथि कर वृद्धि गर्ने गरी निर्णय लिएको थियो। तर अमेरिकामा निरन्तरको कर वृद्धिले देशको अर्थतन्त्रलाई नै प्रभावित पार्न सक्ने विज्ञहरूको धारणापछि यसलाई डिसेम्बर १५ सम्मका लागि पछि सारेको थियो।

चीनले नयाँ कर वृद्धिबारे अमेरिकी निर्णयको प्रतिक्रियास्वरूप पछिल्लो घोषणा गरेको हो। 'चीनले अमेरिकाबाट चीन आयात हुने विभिन्न पाँच हजार ७८ अमेरिकी सामानहरूमा पाँचदेखि १० प्रतिशतसम्म कर वृद्धि गर्नेछ,' चिनियाँ राज्य परिषद् राजश्व कार्यालयले बताएको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell