PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साफ यु १५: श्रीलंकाविरुद्ध नेपालको पहिलो जित



साफ यु १५: श्रीलंकाविरुद्ध नेपालको पहिलो जित

काठमाडौं: दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यु १५ अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले पहिलो जित निकालेको छ।

भारतको कल्याणीमा जारी प्रतियोगिताको आजको खेलमा नेपालले श्रीलंकालाई २–०ले पराजित गरेको हो। नेपालका लागि पहिलो गोल ४६ औं मिनेटमा शशांक बोहोराले गोल गरेका थिए।

त्यस्तै, दोश्रो गोल अशिम राईले खेलको ८३ औं मिनेटमा गरेका थिए।

नेपालले अर्को खेल १० गते बंगलादेशविरुद्ध तथा १२ गते भुटानविरुद्ध खेल्ने छ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell