PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एभिसी सेन्ट्रलजोन पुरुष भलिबलः आज फाइनलमा कीर्गिस्तान र उज्बेकिस्तान भिड्ने



पहिलोपोस्ट

एभिसी सेन्ट्रलजोन पुरुष भलिबलः आज फाइनलमा कीर्गिस्तान र उज्बेकिस्तान भिड्ने

काठमाडौं: काठमाडौंमा जारी एभिसी सेन्ट्रलजोन पुरुष भलिबलमा आज फाइनल खेल हुँदै छ। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने फाइनलमा समूह 'ए'को विजेता कीर्गिस्तान तथा समूह 'बी' विजेता उज्बेकिस्तान प्रतिस्पर्धा गर्ने छन्।

कीर्गिस्तानले सेमिफाइनलमा तुर्कमेनिस्तानलाई ३–०को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। कीर्गिस्तानले पहिलो सेट २५–१७, दोश्रो सेट २५–१८ र तेस्रो सेट २५–२२ ले जितेको थियो। यता उज्बेकिस्तानले पनि सेमिफाइनलमा माल्दिभ्सलाई ३–०कै सोझो सेटमा पराजित गरेको थियो। उज्बेकिस्तानले पहिलो सेट २५–२० दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२१ ले हात पारेको थियो।

आयोजक नेपाल भने समूह चरणका २ खेलमा कीर्गिस्तान र माल्दिभ्ससँग सोझो सेटमा पराजित हुँदै बाहिरिएको थियो। शुक्रबार भएको खेलमा भने अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै नेपालले पाँचौ स्थान सुरक्षित गरेको थियो।

भदौ २ गतेबाट सुरु भएको एभिसी सेन्ट्रलजोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाललगायत कीर्गिस्तान, माल्दिभ्स, तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तानको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell