PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेजोन जंगलमा लागेको आगो नियन्त्रण गर्न ब्राजिलद्वारा सेना परिचालन



अमेजोन जंगलमा लागेको आगो नियन्त्रण गर्न ब्राजिलद्वारा सेना परिचालन
फोटो :Ueslei Marcelino/Reuters

पृथ्वीमा २० प्रतिशत अक्सिजन उत्पादन गर्ने विशाल अमेजोन जंगलमा अहिले आगो लागिरहेको छ। आगलागीका कारण हजारौं हेक्टर जंगल नष्ट भएका छन् भने सयौं जनावरहरुको मृत्यु भएको छ। अमेजोन जंगलमा २ हजार ५०० भन्दा बढी क्षेत्रमा आगलागी भइरहेको छ।

आगो लागेको हप्तौं भएपनि आगो नियन्त्रण गर्न ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोले केही कदम नचालेको आरोप लाग्दै आएको छ। विशेषगरी युरोपियन राष्ट्रका नेताहरुले बोलसोनारोको आलोचना गरिरहेका छन्। अमेजोन क्षेत्रको ठूलो हिस्सा ब्राजिलमा पर्छ।

आलोचनाका बीच बोलसोनारोले भने आगलागी नियन्त्रण गर्नका लागि सेना परिचालन गर्ने घोषणा गरेका छन्। उनले पहिला आगलागी नियन्त्रण गर्न अहिले ब्राजिलले नसक्ने तर्क गरेका थिए। फ्रान्स र आयरल्यान्डले भने ब्राजिलले आगलागी नियन्त्रण गर्ने प्रयास नगरेसम्म दक्षिण अमेरिकी राष्ट्रसँग व्यापार सम्झौता रद्द गर्ने चेतावनी दिएको थियो।

चर्को दबाबपछि ब्राजिलियन सेनालाई आगो नियन्त्रणमा परिचालन गर्ने निष्कर्षमा राष्ट्रपति पुगेको बताइएको छ।  

बोलसोनारोले अमेजोन क्षेत्रमा कृषि र खानी संचालन गर्नका लागि जमिन प्रयोग गरिने घोषणा गरेपछि उनको चर्को आलोचना भएको थियो। ब्राजिलका राष्ट्रपति बोलसोरानोले  आगलागी हुनुमा गैर सरकारी संस्था दोषी रहेको आरोप लगाएका थिए। उनले वातावरण संरक्षण गर्न उद्दत निकायहरु नै आगलागीका लागि दोषी रहेको बताएकाथिए। तर उनले त्यसका लागि आफूसँग कुनै प्रमाण नभएको बताएका थिए। यता, वातावरण संरक्षणविद्हरुले भने बोलसोनारोको नीतिका कारण उग्र रुपमा आगलागी भएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell