PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'इनर्जी ड्रिंक' को प्रयोगले व्यवसायिक खेलाडीमा बढ्दै दाँतको संक्रमण



'इनर्जी ड्रिंक' को प्रयोगले व्यवसायिक खेलाडीमा बढ्दै दाँतको संक्रमण
फोटो: childrens.com ।

बेलायतमा गरिएको एक अध्ययनले निरन्तर इनर्जी ड्रिंक (शक्ति दिने पेय पदार्थ) पिउने व्यवसायिक खेलाडीको दाँतको संक्रमण बढ्दै गएको देखाएको छ। दाँतको स्वास्थ्यमा ध्यान दिए पनि यस्ता पेय पदार्थको निरन्तर प्रयोगले संक्रमण बढाउने बताइएको छ।

बेलायतको युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताहरुले ३५२ जना साइक्लिङ, पौडी, फुटबल, रोइङ, हक्की, सेलिङ र एथ्लेटीक्सका महिला र पुरुष खेलाडीहरुमा अध्ययन गरिएको थियो।

ब्रिटिस डेन्टल जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा ९४ प्रतिशत खेलाडीहरुले दिनको दुई पटक दाँत माझ्ने गरेको र ४४ प्रतिशतले कुल्ला गर्ने गरेको बताइएको छ। अध्ययन प्रतिवेदनमा उल्लेख गरिएअनुसार ४९ प्रतिशत खेलाडीको उपचार नगरिएको संक्रमित दाँत रहेको र त्यसमध्ये ३२ प्रतिशत खेलाडीले दाँतमा रहेको संक्रमणका कारण खेलमा नकरात्मक प्रभाव परेको बताएका छन्।

खेलाडीमा दाँतको संक्रमण बढ्नुमा स्पोर्टस् ड्रिंक, इनर्जी बार तथा इनर्जी जेल प्रमुख कारण रहेको बताइएको छ। खेल प्रशिक्षण तथा प्रतिस्पर्धाको समयमा खेलाडीहरुले यस्ता कुरा धेरै मात्रामा प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ।

यसअघिका अध्ययनहरुले कडा प्रशिक्षणका दौरान खेलाडीहरुको मुख सुक्का हुँदा त्यसले उनीहरुले दाँतको स्वास्थ्यमा असर पार्न सक्ने देखाएको थियो।

अध्ययनमा सम्लग्न एक अनुसन्धानकर्ता डा जुली ग्यालेघरले भनिन्, 'अधिकांश खेलाडीहरुको दाँत स्वस्थ नै छ किनकी उनीहरु नियमित दाँत माझ्छन् र चिकित्सककोमा पनि गइरहन्छन्। तर उनीहरुले कडा प्रशिक्षणका दौरान स्पोर्टस् ड्रिंक, इनर्जी बार तथा इनर्जी जेल जस्ता कुराहरु पनि खाने गर्दछन्। यस्ता वस्तुमा हुने चिनीले उनीहरुमा दाँत सड्ने समस्या देखिएको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell