PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यो वर्षको पद्मश्री पुरस्कार रमेश सायनको संस्मरण 'छुटेका अनुहार'लाई



यो वर्षको पद्मश्री पुरस्कार रमेश सायनको संस्मरण 'छुटेका अनुहार'लाई

काठमाडौं: यस वर्षको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण 'छुटेका अनुहार'ले पाउने भएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले आज विज्ञप्तिमार्फत उक्त निर्णयको जानकारी दिएको हो।

त्यस्तै प्रतिष्ठानले यस वर्षको पद्मश्री साधना सम्मान पूराविद्, इतिहासविद् तथा संस्कृतज्ञ डा महेशराज पन्तलाई प्रदान गर्ने निर्णय गरेको छ। पन्तका दुईसय भन्दा बढी शोधलेख तथा ६ वटा पुस्तक प्रकाशित छन्।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि दुई/दुई लाख रुपैयाँ रहेको छ। प्रतिष्ठानले वि सं २०६३ सालदेखि हरेक वर्ष उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ।

त्यस्तै प्रतिष्ठानले वि सं २०६७ सालदेखि साहित्य, कला, संगीत, अभिनय जस्ता क्षेत्रमा दीर्घ साधना गर्ने साधकलाई हरेक वर्ष पद्मश्री साधना सम्मान प्रदान गर्ने गरेको छ।

दुवै सम्मान तथा पुरस्कार असोज २६ गते कोजाग्रत पूर्णिमाको दिनमा प्रदान गरिने प्रतिष्ठानले जानकारी दियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell