PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गोकर्णमा पितृलाई तर्पण र पिण्डदान, २० फोटोमा हेर्नुस्

गोकर्णमा पितृलाई तर्पण र पिण्डदान, २० फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ।

पितृ तीर्थ धाम एवं उत्तरगया भनेर समेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ। यही विश्वासमा देशका विभिन्न भागबाट आएका भक्तजनको भीड लागेको हो।

दिवङ्गत भइसकेका पिताले भाद्र कृष्ण औँशीका दिन सन्तानबाट जल एवं सिदादानको आशा गरी बसेका हुन्छन् भन्ने शास्त्रीय वचनअनुसार आजको दिन श्राद्ध गर्ने परम्परा शुरु भएको बताइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell