PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'आँधीको मनोरम् नृत्य' अब किताबमा



पहिलोपोस्ट

'आँधीको मनोरम् नृत्य' अब किताबमा

रङ्गकर्मी घिमिरे युवराजको नाटक 'आँधीको मनोरम् नृत्य' सार्वजनिक भएको छ। मङ्गलबार शिल्पी थिएटरमा आयोजित कार्यक्रममा रङ्गमञ्चका सक्रिय कलाकारहरु रवीन्द्र झा, पशुपति राई, राज शाह, प्रियङ्का झा, प्रवीण खतिवडा, आशान्त शर्माले किताब विमोचन गरेका हुन्।

नाटकले विशेषगरी शहरी वातावरण हुर्किरहेका बालबालिकाको मनोवैज्ञानिक अवस्था चित्रण गरेको छ। व्यस्त पारिवारिक संरचना, बढ्दो प्रविधिको प्रयोग, शहरीकरणले निम्त्याएको जटिलताबारे पनि सम्बोधन गर्छ।

नाटकबारे लेखक अर्चना थापाले भनेकी छिन्,'यथोचित अभिभावकत्व र उचित मार्ग निर्देशनको अभावमा किशोरावस्थाको सिर्जनशील ऊर्जा कसरी क्षय हुनसक्छ, आफ्नै घरभित्र कस्तो परिस्थितिमा छोरीमान्छे असुरक्षित हुन सक्छे, र दुई पिँढीको पुस्तान्तरणमा बल्झिएका अपुरो बुझाईले कसरी पारस्परिक सम्बन्धलाई प्रभावित गर्छ भन्ने कुराहरु यस नाटकले प्रष्ट पार्छ।'

चार महिनाअघि मञ्चन भइसकेको नाटक पुस्तकका रुपमा सार्वजनिक भएको हो। फाइन प्रिन्टले प्रकाशन गरेको नाटकको बजार मूल्य दुई सय पचास रुपैयाँ रहेको छ। 

कार्यक्रममा पुस्तक विमोचनसँगै शिल्पी थिएटरको एघारौं सत्रका विद्यार्थीहरुको बिदाई समेत गरियो। शताब्दी पुरुष सत्यमोहन जोशी र गीतकार किरण खरेलले विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। साथै विद्यार्थीहरु स्वयंको परिकल्पना, निर्देशन र प्रस्तुति रहेका तीन फरक नाटकहरु समेत मञ्चन गरिएको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell