PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फिल्म 'पोइ पर्‍यो काले' को शीर्ष गीत सार्वजनिक



फिल्म 'पोइ पर्‍यो काले' को शीर्ष गीत सार्वजनिक

काठमाडौं : शिशिर राणा निर्देशित मल्टिस्टारर फिल्म 'पोइ पर्‍यो काले' को शीर्ष गीत सार्वजनिक गरिएको छ। कार्तिक ८ गतेको लागि प्रदर्शन मिति तय गरेको यस फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल र श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ।

आइतवार काठमाडौंमा आयोजित कार्यक्रमका बीच बोल्दै निर्देशक शिशिर राणाले पुरानो गीत 'ए दिदी पोइ पर्‍यो काले' बाट निकै प्रभावित भएर आफ्नो फिल्मको नाम पनि 'पोइ पर्‍यो काले' नै राखेको बताए।

निर्देशक राणाले भने, 'म सानैदेखि 'ए दिदी पोइ पर्‍यो काले' बोलको गीत सुन्थें र म यो गीतबाट निकै प्रभावित थिएँ त्यसैले मैले फिल्मको नाम नै पोइ पर्‍यो काले राखे‌ं।' 

फिल्ममार्फत सामाजिक सन्देश दिन खोजेको समेत राणाले बताए। 

रामचन्द्र काफ्ले र अन्जु पन्तले गाएको 'पोइ पर्‍यो काले' शीर्ष गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् भने गीतमा नृपेश उप्रेतीको शब्द रहेको छ। फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, सौगात मल्ल, श्रृष्टि श्रेष्ठसँगै सुरक्षा पन्त, किरण नेपाली, राजाराम पौडेल, गोपाल ढकाललगायत कलाकारले अभिनय गरेका छन्।

पोइ पर्‍यो कालेको छायांकन २६ दिनमा नै सकिएको निर्माण टिमले जानकारी दिएको छ। फिल्मको अधिकांश छायांकन काठमाडौं र पोखरा लगायतका शहरमा गरिएको छ। फिल्ममा रियल लाइफ कपल सौगाल र श्रृष्टिले एउटै पर्दा शेयर गरेका छन् भने आकाश र पूजा पनि प्रेममा रहेको चर्चा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell