PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

भद्रगोल छाडेका टिम उही थिममा नयाँ शृंखला ल्याउँदै, वरिष्ठे र धतुरे पनि देखिने



भद्रगोल छाडेका टिम उही थिममा नयाँ शृंखला ल्याउँदै, वरिष्ठे र धतुरे पनि देखिने

काठमाडौं: नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्य टेलि शृंखला भद्रगोलबाट निस्किएका कलाकारको टोलीले नयाँ हास्य शृंखला ल्याउने भएका छन्।

दुई निर्देशक कुमार कट्टेल 'जिग्री' र अर्जुन घिमिरे 'पाँडे'लगायतको टोलीले पारिश्रमिक र कपीराइट विवाद चुलिएपछि मिडिया हबले निर्माण गर्दै आएको भद्रगोल छाडेका थिए।

केही दिनअघिमात्र दर्शकसँग सामाजिक सञ्जाल फेसबुकमार्फत सुझाव मागेको टोलीले आइतबार फेसबुकमार्फत नयाँ टेलिशृंखला ल्याउने जानकारी दिएका छन्।

टोलीले नयाँ सिरियल असोज २ गते बिहिबारबाट प्रसारणमा आउने जनाएको छ। 'टिम त्यही, थिम त्यही, तर फरक नाममा' शृंखला आउने जनाएपनि उक्त शृंखलाको नाम भने सार्वजनिक गरिएको छैन। नाम र अन्य जानकारी बुधबार पत्रकार सम्मेलन आयोजना गरी दिइने अर्जुन घिमिरे (पाँडे) ले जानकारी दिए।

टोलीमा शुरुवाती दिनमा देखिएका निर्देशक शंकर आचार्य 'वरिष्ठे' र चिरञ्जिवी पुडासैनी 'धतुरे' पनि देखिने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell