PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘सेल्फी किङ’मा विपीन कार्की र लक्ष्मी बर्देवाको जोडी, हाँस्य कलाकारको कथा भन्ने



पहिलोपोस्ट

‘सेल्फी किङ’मा विपीन कार्की र लक्ष्मी बर्देवाको जोडी, हाँस्य कलाकारको कथा भन्ने

काठमाडौँः फिल्म ‘सेल्फी किङ’ को ‌औपचारिक घोषणा गरिएको छ। फिल्ममा विपीन कार्की र लक्ष्मी बर्देवाले स्क्रिन शेयर गर्ने भएका छन्।

यसअघि लक्ष्मी बर्देवा फिल्म बुलबुलमा महिला टेम्पो चालकको रूपमा देखिएकी थिइन्। साथै नायिका केकी अधिकारीले पनि फिल्ममा अतिथिको भूमिका निर्वाह गर्दैछिन्।

फिल्मलाई विशाल सापकोटाले निर्देशन गर्दैछन्। अमेरिकाको लस एन्जलस सिटी कलेजमा फिल्म निर्देशन अध्ययन गरेका विशालको यो डेब्यु निर्देशन हो। फिल्ममा विपीन, लक्ष्मी र केकीसँगै भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहेको छ।

निर्देशक सापकोटाले फिल्ममा हाँस्य कलाकारको कथालाई उतार्न खोजिएको बताए। निर्देशनबाट फिल्म निर्माणमा आएका दिनेश राउतले निर्देशक सापकोटाले सुनाएको कन्सेप्ट आफूलाई मन परेको र उनको ट्यालेन्टलाई विश्वास गरेर टिमअप गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell