PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'द कपिल शर्मा शो' मेरो लागि निकै लक्की छ : आयुष्मान खुराना 



'द कपिल शर्मा शो' मेरो लागि निकै लक्की छ : आयुष्मान खुराना 
फोटो: India Today ।

बलिउड अभिनेता अयुष्मान खुराना अभिनित फिल्म 'ड्रिम गर्ल' प्रर्दशनको तयारीमा छ। ड्रिम गर्लमा आयुष्मान खुराना र नुसरत भरुचाले एउटै स्क्रिन शेयर गरेका छन्।

यति बेला आयुष्मान र नुसरत फिल्मको प्रमोशनमा जुटेका छन्। हालै केही दिनअघि फिल्म प्रमोशनको दौरान उनीहरु 'कपिल शर्मा शो' मा पनि पुगेका थिए। प्रमोसनको लागि पुगेका आयुष्मानले कपिल शर्मा सो आफ्नो लागि निकै लक्की रहेको खुलासा गरे।

उनले कपिल शर्मा सो आफूलाई लक्की रहेको कारण खुलाँउदै भने 'म पछिल्लो समय फिल्म 'अन्धाधुन' को प्रमोसनको क्रममा कपिल शर्मा शोमा पुगेको थिए। जसले गर्दा मेरो फिल्मले बक्स अफिसमा अत्याधिक कमाई गरेको थियो।'

फिल्म 'अन्धाधुन'मा आयुष्मानको अभिनयलाई लिएर उनलाई भारतको ६६ ‍औँ नेशनल अवार्ड समेत दिइएको थियो। यसअघि पनि उनले फिल्म 'बधाई हो' र "उरी द सर्जिकल स्ट्राइक' बाट नेशनल फिल्म अवार्ड जितेका थिए।

राज शान्डिल्या निर्देशित फिल्म 'ड्रिम गर्ल'मा आयुष्मान र नुसरतसँगै अनु कपूर, राजेश शर्मा, विजय राजलगायतका कलाकारहरुले अभिनय गरेका छन्। आयुष्मानको 'ड्रिम गर्ल' १३ सेप्टेम्बरबाट प्रर्दशन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell