PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

वाङको नेपाल भ्रमण छायाँमा पार्ने गरी नेपालबारे मोदीले गरे ९ ट्वीट, फेरि नेपाल भ्रमणमा आउने  



सहयोग रञ्जित

वाङको नेपाल भ्रमण छायाँमा पार्ने गरी नेपालबारे मोदीले गरे ९ ट्वीट, फेरि नेपाल भ्रमणमा आउने  

काठमाडौं: चिनियाँ विदेशमन्त्री वाङ यी अहिले नेपाल भ्रमणमा छन्। भ्रमणका क्रममा दुई देशबीच तीनवटा सहमति पत्रमा हस्ताक्षर भए। तर, नेपालको मुख्य चासो भने पुराना सम्झौता कार्यान्वयन गराउनमै रह्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वाङ यीसँगको भेटमा पुराना सहमति कार्यान्वयनमै जोड दिए।

वाङ हाल उपत्‍यकाका विभिन्न स्थानको भ्रमणमा व्यस्त छन्। हिजो चन्द्रागिरी पुगेका वाङ आज भक्तपुर पुगे। उनी काठमाडौं घुमिरहँदा नेपाल र भारतबीच 'ऐतिहासिक' सुरुवात भएको छ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्सबाट भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको सुरुवात गरे।

भारतल लगाएको नाकबन्दीका क्रममा केपी ओली सरकारले 'वाही वाही' बटुलेको विषय थियो, केरुङबाट पेट्रोलियम ढुवानी। केही ट्रक इन्धन नेपाल भित्रिए पनि तर, त्यसले दिगो रुप लिन सकेन। ओलीले हिजोको भेटमा सो विषयमा चर्चा गरेको वा नगरेको बारेमा केही सार्वजनिक भएको छैन।

चीनसँग पुराना योजनामा कार्यानवयनमा जोड दिँदै गर्दा चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा रहँदा उनै ओलीको पालामा भारतबाटै पाइपलाईनबाट पेट्रोल आउने सुरुवात भएको छ।

दुवै पक्षले यस विषयलाई धेरै प्राथमिक्ता दिएका छन्। मोदीले भने ट्वीट गर्दै पेट्रोलियम ढुवानीको सुरुवातबाट मात्रै विकास निर्माणका अन्य किसिमका बारेमा पनि चर्चा गरेका छन्।

वाङ काठमाडौंमा घुम्दा ट्वीटरमा घुम्दै मोदीका ९ ट्वीट्

वाङले उपत्यकत घुम्दै गर्दा यता भारतीय प्रधानमन्त्री मोदीका ट्वीट पनि ट्वीटरमा घुमिरहेको थियो।

मोदीले आज नेपाल भारत सम्बन्धलाई ९ वटा 'ट्वीट' मार्फत सम्बोधन गर्ने प्रयास गरे।

मोतीहारी-अमलेखगंज पाइप लाइनको संयुक्त उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गर्दै द्विपक्षिय हितमा काम जारी राख्ने बताएका छन्।

सन् २०१९ मे महिनामा ओली भारतको भ्रमणमा रहँदा भारतको सहयोगमा निर्माण सम्पन्न भएका आयोजनाहरुको चाँडै उद्घाटन गर्ने सहमती भएको उल्लेख गर्दै मोदीले द्विपक्षिय आयोजनाको प्रगति राम्रो भएको त्यसैको उपजमा आन पाइपलाइन उद्घाटन गरेको बताएका छन्।

नेपाल र भारतकाबीचमा केह वर्षयता उच्चस्तारिय राजनीतिक वार्ताले दुवै देश नियमित सम्पर्कमा रहेको र पहिलाभन्दा सम्बन्धमा सुधार आएको भन्‍दै ओली र आफूबीच ४ पटक भेट भएको उल्लेख गरेका छन्।

विकासका लागि दुई देशबीच भएको साझेदारी गर्न र अवसरहरुलाई सदुपयोग गर्न सकेको भन्दै मोदीले संयुक्त प्रयासबाट दुई देशका जनतालाई लाभ मिल्ने र उनीहरुको विकास हुने बताएका छन्।

पछिल्लो पाँच वर्षमा महत्वपूर्ण द्विपक्षीय परियोजनाहरु सम्पन्न गर्न सकेको भन्दै मोदीले नेपाल भ्रमणका बेलामा पशुपतिनाथ धर्मशाला र विरगंजमा आइसिपिको उद्घाटन गरेको स्मरण गरे।

मोदीले पशुपतिनाथमा निर्माण भएको धर्मशालाको कुरा उठाइरहँदा सो धर्मशाला भने प्रयोग बिहिन रहेको छ।

मोतीहारी-अमलेखगंज पाइप लाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन भएको भन्दै मोदीले रिकर्ड समयमा पूरा भएको यस आयोजनाबाट सन्तुष्टि मिलेको उल्लेख गरेका छन्। निर्माण सम्पन्न अवधिभन्दा आधा समय अगाडि नै आयोजना सकिएको भन्दै मोदीले यसको श्रेय ओलीको नेतृत्वलाई दिएका छन्।

गोरखा भूकम्पबाट भएको क्षतिपछि पुनर्निर्माणमा भारतले छिमेकी राष्ट्रको नाताले गरेको सहयोगबाट गोरखा र नुवाकोटमा घर निर्माण भइरहेको भन्दै लेखेका छन्,'अब फेरि आम मानिसहरुले फेरि छत पाउने भएका छन्।'

भारतले सहयोग गरेको क्षेत्रमा प्रगति भइरहेको भन्दै मोदीले अझै नेपालसँग साझेदारीलाई कायम राख्ने प्रयत्न गर्ने बताएका छन्। मोदीले अन्तिम ट्वीटमा ओलीलाई 'धेरै धेरै धन्यवाद' भन्दै नेपालको प्राथमिक्ता अनुसार उसको विकासमा सहयोग गर्न भारत प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

यता प्रधानमन्त्री ओलीले पनि ट्वीट गर्दै नेपाल र भारतका जनताको विकास,प्रगती र खुशीका लागि दुई देशको दुर्दर्शिता एकै खालको रहेको भन्दै त्यसलाई राजनीतिक प्रतिबद्धता र संकल्पले सहयोग गरेको बताएका छन्।

मोदीको ट्वीट गर्दै ओलीको तारिफ गर्दै धन्यवाद दिइरहँदा ओलीले पनि  तोकिएको समयभन्दा पहिले नेपाल-भारत पेट्रोलियम पाईपलाईनको उद्घाटन गर्न पाउँदा खुशी भन्दै लेखेका छन्,'मेरा मित्र श्री मोदी जी र भारत सरकारप्रति धन्यवाद! यस परियोजनामा आवद्ध नेपाली टीमलाई बधाई!'

ओलीले मोदीको सबका साथ सबका विकास र आफ्नो समृद्ध नेपाली, सुखी नेपाली नाराले विकास प्रति एकअर्काको संकल्प, प्रतिबद्धता र प्रयासहरुले प्रस्ट पारेको उल्लेख गरेका छन्।

फेरि नेपाल भ्रमणमा आउने

भारतीय प्रधानमन्त्री मोदीले भिडियोमार्फत प्रधानमन्त्री ओलीसँग कुराकानी गर्दै स्वास्थ्य लाभको कामनासमेत गरे। भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन भिडियो कन्फरेन्समार्फत्  उद्घाटन गर्दै मोदीले ओलीले आफूलाई फेरि नेपाल भ्रमणको निम्तो दिएको उल्लेख गर्दै समय मिलाएर पुन: नेपाल भ्रमण गर्ने वचन दिए। 'तपाईले दिएको भ्रमणको निम्तो मेरो लागि धेरै महत्वपूर्ण छ। त्यहाँ आउनु मेरो जहिल्यै इच्छा रहन्छ। म समय मिलाएर पक्कै आउनेछु,' मोदीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell