PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फिल्म 'सेल्फि किङ'को छायांकन सुरु



पहिलोपोस्ट

फिल्म 'सेल्फि किङ'को छायांकन सुरु

काठमाडौं : फिल्म 'सेल्फि किङ'को शुभमुहुर्त गरिएको छ। आज बिहान भक्तपुरको गणेश मन्दिरमा सेल्फि किङको शुभमुर्हुतसँगै छायांकन पनि सुरु गरिएको छ।

फिल्मको छायांकनको लागि दशैं अघि र दशैंपछि गरि २ सेड्युल तयार गरिएको निर्माण पक्षले जनाएको छ। जसअनुसार दशैं अघिको छायांकन आजदेखि सुरु भएको छ।

विशाल सापकोटाले निर्देशन गर्न लागेको यस फिल्ममा विपिन कार्की र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन्। विशालले 'सेल्फि किङ'मार्फत निर्देशनमा डेब्यु गर्दैछन्। फिल्ममा विपिन र लक्ष्मीसँगै भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुरालगायतका कलाकारको अभिनय रहनेछ।

फिल्ममा विपिन कार्की सेल्फि किङको भूमिकामा देखिदैछन्। यो फिल्मलाई हास्य कलाकारको बायोपिक पनि भनिएको छ। फिल्ममा केकी अधिकारी पनि विशेष भुमिकामा देखिने भएकी छिन्।

गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल फिल्म 'प्रसाद'का निर्माता सुभाष थापा र सोही फिल्मका निर्देशक दिनेश राउतले संयुक्त रुपमा सेल्फि किङ निर्माण गर्न लागेको हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell