PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जर्मनीका विदेश मन्त्रीले हङकङका आन्दोलनकारीलाई भेटेकोप्रति चीन आक्रोशित



पहिलोपोस्ट

बेइजिङ : जर्मन विदेश मन्त्री हेइको मासले हङकङका प्रख्यात आन्दोलनकरी जोशुआ वोङलाई भेटेपछि चीनले मंगलबार आक्रोश व्यक्त गरेको छ। चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कुनै पनि देशलाई नभएको भन्दै चीनले आक्रोश व्यक्त गरेको रोयटर्सले बताएको छ

जर्मन पत्रिका बिल्डले सोमबार बर्लिनमा आयोजना गरेको कार्यक्रममा वङले माससँग भेट गरेका थिए।

रिहाइ हुँदा बखतका सर्तहरु उल्लंखन गरेको आरोपमा वोङलाई आइतबार हङकङको एयरपोर्टमा करीव २४ घण्टा नियन्त्रणमा लिइएको थियो। वोङ सोमबार साँझ बर्लिन पुगेका थिए। बर्लिनमा उनले स्वतन्त्र चुनावको लागि आफ्नो लडाई जारी राख्ने बताएका छन्।

गत हप्ता मात्रै जर्मन चान्सलर एन्जिला मर्केलले बेइजिङको भ्रमण गरेकोले पनि यसलाई विशेष रुपमा हेरिएको छ। सुरुवातमा विवादित सुपुर्दुर्गी विधेयक र हाल स्वतन्त्रताको लागि हङकङमा हप्तौँ लामो चर्को आन्दोलन भइरहेका छन्।

जर्मनीले वोङलाई भ्रमणको अनुमति दिएको र उनलाई जर्मन विदेश मन्त्रीले भेटेको प्रति चीन अत्यन्त असन्तुष्ट रहेको भन्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले त्यसको विरोध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell