PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

 'बेनिलि मोडल हन्ट'को फिनालेमै ५५ जना



पहिलोपोस्ट

 'बेनिलि मोडल हन्ट'को फिनालेमै ५५ जना

काठमाडौं: ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को अन्तिम प्रतिस्पर्धा आउँदो शनिबार हादैछ। भदौ २८ गते होटल सोल्टी क्राउन प्लाजा हुँदैछ। नेक्स्ट मोडल्स नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताको फिनालेका लागि ५५ जना छानिएका छन्।

महिला पुरुष दुबैतर्फको प्रतिस्पर्धाका लागि देशका मुख्य शहरहरुबाट प्रतियोगी चयन गरेर ल्याएको आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए। प्रतियोगीहरुलाई साउन पहिलो सातादेखि प्रशिक्षण दिइएको थियो। 

व्यक्तित्व विकास, फोटो सुट, भिडियो प्रोफाइल, सामाजिक सञ्जाल व्यवस्थापन, ट्राफिक नियम, ट्राफिक नियम र स्तन क्यान्सर बारे विशेष कार्यशाला, सेल्फ मार्केटिङ र सेल्फ मेकअप लगायतको प्रशिक्षण दिइएको छ। प्रशिक्षकका रुपमा अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मी राणा, रोजिन शाक्य, थेन्डुप शेर्पा, वनिसा मुल्मि श्रेण, निश्चल श्रेष्ठ लगायतले रहेका छन्।

प्रतियोगिताको यो पाँचौ संस्करण हो। एक महिला र एक पुरुषतर्फ गरेर दुई शीर्ष बिजेता छानिने छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell