PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

इरानले आफ्ना तीन नागरिकलाई पक्राउ गरेको अस्ट्रेलियाको दाबी



इरानले आफ्ना तीन नागरिकलाई पक्राउ गरेको अस्ट्रेलियाको दाबी
फोटो: EPA

अस्ट्रेलिया सरकारले आफ्ना तीन नागरिकलाई इरानले पक्राउ गरेको दाबी गरेको छ। पक्राउ गरिएका व्यक्तिको परिवारलाई अन्तर्राष्ट्रिय र व्यापार विभागले सहयोग गरिरहेको छ। सरकारका प्रवक्ताले यसविषयमा थप प्रतिक्रिया दिन नमिल्ने बताएका छन्।

लन्डनको टाइम्स पत्रिकाले दुईजना ब्रिटिश अस्ट्रेलियन महिलालाई तेहरानको इभिन कारागारमा राखिएको समाचार प्रकाशित गरेको थियो। एबिसिले भने पक्राउ पर्ने तेस्रो नागरिकमा एक महिलाको पार्टनर रहेको उल्लेख गरेको छ। सो कारागारमा विशेष गरि राजनीतिक बन्दी, दोहोरो नागरिक्ता लिएका इरानीका साथै राजद्रोहको मुद्दा लागेका व्यक्तिहरुलाई राख्ने गरिन्छ।

फेब्रुअरीमा प्रख्यात वातावरणविद् प्रोफेसर सेइद इमामाको सोही कारागारमा मृत्यु भएको थियो। उनको मृत्युको कारणबारे केही सार्वजनिक गरिएको छैन। इरानी नेतृत्वको विरुद्ध साजिश गरेको आरोपमा ब्रिटिश इरानी नागरिक नाजानिन जाघ्राही पनि तेहरानको कारागारमा रहेका छन्।

यही सातामात्रै अस्ट्रेलियन सरकारले इरान जाने तयारीमा रहेका आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गर्दै भ्रमणका बारेमा पुन: विचार गर्न भनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell