PahiloPost

Sep 21, 2019 | ४ असोज २०७६


पितृ मोक्षका लागि उपाकु


पितृ मोक्षका लागि उपाकु

नेवार समुदायले पितृ मोक्षका लागि बुधवार पाल्चामा बत्ती बाल्दै उपाकु मनाए। उपाकुको अवसरमा विवादित बनेको सुनधारा – धरहराको परम्परागत उपाकु मार्ग खोलिएको थियो। उपाकुका लागि धरहरा निर्माणका कारण बन्द रहेको सो मार्ग खुलाउन स्थानीयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आग्रह गरेको थियो। स्थानीयको माग अनुसार प्राधिकरणले सबैसँग सहमती गरेर उपाकु मार्ग खोलेको हो। त्यसका लागि पुरानो र नयाँ धरहराबीच करिब १० फिटको अस्थायी बाटो खोलिएको थियो।

पहिलोपोस्टसँगको कुरामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माणचरणमा रहेकाले हाललाई अस्थायी अवस्थामा मार्ग खोलिएपनि धरहरा निर्माणपछि उपाकु मार्ग कायम रहने बताएका थिए।

सुन्धारा- धरहराको उपाकु मार्गमा मजिपा: लाखे

वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा बौद्ध नेवारहरुले पाल्चामा बत्ती र धुप बाल्दै लिच्छवीकालिन खड्ग आकारको शहर परिक्रमा गर्ने विश्वास रहेको छ। यद्यपि हाल भने पहिलाका कति मार्गहरु बन्द भएको उपाकुमा सहभागी भएकाहरु बताउँछन्।

त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक त्रिरत्न मानन्धर उपाकु  बौद्ध नेवारहरुले पितृ मोक्षका लागि मनाउने पर्व रहेको बताउँछन्। गाईजात्रामा हिन्दु नेवारहरुले पितृमोक्षका लागि नगर परिक्रमा गर्ने र उपाकुमा भने विशेष गरि बौद्ध नेवारहरुले नगर परिक्रमा गर्ने उनल् बताए। 

उपाकु आएकाहरुले ठँहिटी, ज्याथा ,भोटाहिटी,महाबौद्ध,न्युरोड गेट तेबहाल,सुन्धारा,बागदरबार लगन,ह्युमत, जैशीदेग:, कोहिटी, भीमसेनस्थानहुँदै नगर परिक्रमा गरेका थिए। परिक्रमा गर्ने रुटहरुस्थित चैत्य र मन्दिरहरुमा समयबजी राखिएको थियो।

बुधवार काठमाडौंको हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि य:सिंलाई बिहान ९ बजेर १७ मिनेटको शुभ साइतमा इन्द्रध्वज फहराएर ठड्याएसँगै विधिवत् रुपमा येँया: (इन्द्रजात्रा) सुरु भएको थियो।

भाद्र २७ गते भने जीवित देवी कुमारीका साथै जीवित देवहरू गणेश र भैरवलाई 'क्व:नेया'  (तल्लो टोलमा रथयात्रा) गराइन्छ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै 'दागीं' र त्यसपछि 'बहुमत:'  ल्याउने परम्परा रहेको छ। भाद्र २८ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। भदौ ३१ गते भने ननिचा:या: अर्थात् बीचको टोलमा रथयात्रा गरी कुमारी, गणेश र भैरवको रथ यात्रा सकिन्छ। त्यसैदिनबाट लाखे, सवभक्कु, पुलुकिसी, दी प्याखं लगायतका नाचहरु समेत एक वर्षका लागि बन्द हुन्छन्।



पितृ मोक्षका लागि उपाकु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट