PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टिम पुरानो प्रस्तुति नयाँ, 'भद्रगोल'को पुरानो टिमले ल्यायो नयाँ हाँस्य टेलिश्रृंखला 'सक्किगोनी'



पहिलोपोस्ट

टिम पुरानो प्रस्तुति नयाँ, 'भद्रगोल'को पुरानो टिमले ल्यायो नयाँ हाँस्य टेलिश्रृंखला 'सक्किगोनी'

काठमाडौं : नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला 'भद्रगोल'बाट छुट्टीएका कलाकारको टोलीले 'सक्किगोनी' नामक नयाँ हाँस्य श्रृंखला ल्याउने भएका छन्।

कुमार कट्टेल 'जिग्री'ले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै हाँस्य टेलिश्रृंखलाको नाम 'सक्किगोनी' राखेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, 'आफूले जन्माएको हुर्काएको एउटा सिर्जना इतिहास बन्दै गर्दा आफु भित्रको नसकिएको कलाकारिताको अर्को सिर्जना सक्किगोनी जन्मिएको छ।'

साथै उनले कलाकारिताको यात्रामा माया गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिएका छन्। यस अघि 'भद्रगोल'का दुई निर्देशक कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे लगायतको टोलीले पारिश्रमिक र कपीराइट विवाद चुलिएपछि मिडिया हबले निर्माण गर्दै आएको भद्रगोल छोडेका थिए।

टेलिश्रृंखलामा कुमार कट्टेल 'जिग्री', अर्जुन घिमिरे 'पाँडे', सागर लम्साल 'बले', गोविन्द कोइराला 'जइन्ते', हरि निरौला 'कक्रोज', रक्षा श्रेष्ठ, दिपक आचार्यलगायतका कलाकारको अभिनय रहनेछ। सक्किगोनी यहि असोज २ गतेदेखि नेपाल टेलिभिजन र युट्युवमा प्रसारण हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell