PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पृथ्वीभन्दा करोडौं माइल टाढा रहेको ग्रहमा पानी भेटिएको वैज्ञानिकहरुको दाबी



पृथ्वीभन्दा करोडौं माइल टाढा रहेको ग्रहमा पानी भेटिएको वैज्ञानिकहरुको दाबी
फोटो: ESA/UCL

पृथ्वीभन्दा निकै टाढा रहेको एक ग्रहमा पानी फेला परेको वैज्ञानिकहरुले दाबी गरेका छन्।

नेचर एस्ट्रोनोमी नामक वैज्ञानिक जर्नलमा प्रकाशित लेखमा के२- १८ बी नाम दिइएको ग्रहमा पानी भेटिएको दाबी गरिएको हो।  

ग्रहमा पानी भेटिएसँगै वैज्ञानिकहरुले भने त्यहाँ एलियन वा अन्य प्राणीको उपस्थिति हुन सक्ने सम्भाव्यताको बारेमा समेत चर्चा सुरु गरेका छन्। 

सो ग्रहमा प्राणीबाट उत्पादित ग्यास रहेको वा नरहेको पत्ता लगाउन नयाँ अन्तरिक्ष टेलिस्कोपको सहयोगमा अझै दश वर्ष लाग्ने वैज्ञानिकहरुले बताएका छन्।

कुनैपनि ग्रहमा पानी भेटिएको यो पहिलो घटना हो। पृथ्वीबाट करिब १ सय ११ प्रकाश वर्ष टाढा अर्थात ६ सय ५० मिलियन मिलियन माइल्स रहेको यो ग्रह ताराहरुको पर्यावणिय क्षेत्रमा रहेको बताइएको छ।  त्यो क्षेत्रमा पानी तरल अवस्थामा रहन सक्ने तापक्रम रहेको हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell