PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

डोरियन आँधीका कारण बहामासमा २ हजार ५०० व्यक्ति वेपत्ता



डोरियन आँधीका कारण बहामासमा २ हजार ५०० व्यक्ति वेपत्ता
फोटो: Carolyn Van Houten/The Washington Post/Getty Images

बहामासमा 'डोरियन' आँधीका कारण २ हजार ५०० जना बेपत्ता रहेको अधिकारीहरुले बताएका छन्। अमेरिका र क्यानडामा समेत प्रभाव पारेको डोरियनले बहामासमा मात्रै ५० जनाको मृत्यु भएको थियो।  आँधीका कारण विस्थापित भएका हजारौं मानिसलाई अस्थायी शिविरमा राखिएको छ।

प्रति घण्टा २९८ किलोमिटरको गतिमा आएको आँधीका कारण नासाउ टापुमा प्रत्येक परिवारका कोही न कोही सदस्य हराइरहेको अधिकारीहरुले बताएका छन्।  

आँधीका कारण अमेरिका र क्यानडामा समेत जनजीवन प्रभावित भएको छ। सडक किनारका रुखहरु ढल्नुका साथै ४ लाख ५० हजार घरहरुमा बिजुली अवरुद्ध भएको बताइएको छ। आँधी प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा बस्न सूचना जारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell