PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तहरिक-ए-तालिबान पाकिस्तान प्रमुख नुर वाली मेहसुद अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा



तहरिक-ए-तालिबान पाकिस्तान प्रमुख नुर वाली मेहसुद अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा
फोटो: Khaama

अमेरिकाले तहरिक-ए-तालिबान पाकिस्तान (टिटिपी) का प्रमुख नुर वाली मेहसुदलाई अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा राखेको छ।

सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणको १८ वर्ष पुगेको दिन अमेरिकाले मेहसुदलाई अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा समावेश गरेको हो।

मुल्लाह फजलुलाहको मृत्युपछि मेहसुदले जुन २०१८ टिटिपीको नेतृत्व सम्हालेका थिए। अमेरिकाले मेहसुदको नेतृत्वमा टिटिपीले धेरै आतंककारी घटना घटाएको उल्लेख गरेको छ।

सन् २००७ मा स्थापना भएको टिटिपीलाई पाकिस्तानमा सक्रिय रहेको इस्लामिक लडाकु संगठनहरुमध्ये खतरनाक समूह मानिन्छ। गएको १२ वर्षमा मात्रै टिटिपीले पाकिस्तानमा १ हजार ४ सय आतंककारी घटना घटाएको बताइएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell