PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोही पनि सिनेमा हलमा शिक्षा लिउँ भनेर जाँदैनन् : दिपकराज गिरी



पहिलोपोस्ट

कोही पनि सिनेमा हलमा शिक्षा लिउँ भनेर जाँदैनन् : दिपकराज गिरी

काठमाडौं : चलचित्र विकास बोर्ड र मानव अधिकार चलचित्र केन्द्रको संयुक्त आयोजनामा तीन दिने चलचित्र सम्मेलन आजबाट सुरु भएको छ।

प्रज्ञा प्रतिस्ठानमा जारी चलचित्र सम्मेलनको पहिलो सत्रमा सिनेमा हेराइको सुरुवाती नेपाली अनुभव, दोस्रो सत्रमा लैंगिक प्रस्तुतिकरण र तेस्रो सत्रमा नेपाली चलचित्रमा राष्ट्रवाद लगायतको विषयमा छलफल गरिएको थियो।

सम्मेलनमा बोल्दै कलाकार दिपकराज गिरीले चलचित्रले शिक्षा भन्दा पनि मनोरञ्जन प्रदान गर्नुपर्ने बताए।

'फिल्मको पहिलो उद्देश्य भनेकै दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नु हो' उनले भने, 'कोही पनि सिनेमा हलमा शिक्षा लिउँ भनेर त जाँदैनन् नि। मनोरञ्जनपछि मात्र शिक्षा, सामाजिक दायित्व, कला, संस्कृतिलगायतका विविध पक्षहरु फिल्ममा जोडिन्छन्।'

पछिल्लो समय दिपकलाई एउटा आरोप लागेको छ। सम्मेलनमा बोल्दै उनले आफूलाई लागेको आरोपबारे पनि प्रष्ट पारे।

उनलाई 'छ माया छप्पकै' बलिउड फिल्म 'वार'सँग जुध्न डराएर फिल्म दशैंपछि सारेको भन्ने आरोप लागेको थियो।

यो विषयमा उनी भन्छन्, 'हामी बलिउड फिल्मसँग डराएका होइनौँ, नेपाली सिनेमा हलमा नेपाली फिल्म भन्दा पनि विदेशी फिल्मलाई बढी शो र प्राथमिकता दिएको पाइन्छ। त्यसैले जानी जानी फिल्म जुधाउनुभन्दा फिल्म केही सातापछि प्रर्दशन गर्ने निर्णय लिएका हौँ।'

फिल्म 'बुलबुल'मा लक्ष्मी बर्देवाले महिला टेम्पु चालकको भूमिका निवार्ह गरेकी थिइन्। बुलबुलमा उनको सशक्त अभिनयको कारण बर्देवाको निकै चर्चा भएको थियो।

बुलबुलबाट निकै चर्चा कमाएपछि राम्रो फिल्मको अफर आँउछ भन्ने लागेको भन्दै बर्देवाले भनिन्, 'बुलबुलपछि मलाई जति पनि फिल्मको अफर आयो, सबैमा पहिलाको जस्तो क्यारेक्टर र अश्लिल शब्द बोल्नुपर्ने रोल मात्र थियो। हामी कलाकारहरु फरक फरक किसिमको फिल्ममा काम गर्न चाहन्छौं। सधैँ एकै किसिमको अभिनय गर्दा कलाकार पनि वाक्क हुन्छन्।'

त्यस्तै निर्देशक दिपेन्द्र के खनालले पनि सम्मेलनमा फिल्मको विविध पक्षको बारेमा आफ्नो धारणा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell