PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस वर्ष अमेरिकाको अगस्टसम्मको बजेट घाटा खर्बभन्दा माथि



पहिलोपोस्ट

यस वर्ष अमेरिकाको अगस्टसम्मको बजेट घाटा खर्बभन्दा माथि
फोटो : राेयटर्स

गत अगस्ट महिनामा अमेरिकाको बजेट घाटा २ सय अर्ब अमेरिकी डलर भएको अमेरिकाले जनाएको छ। अगस्ट महिनाको समेत घाटा रकम जोडेर यस वर्ष अगस्टसम्ममै १ खर्ब अमेरिकी डलर नाघेको अमेरिकाको अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको रोयटर्सले जनाएको छ। 

अर्थशास्त्रीहरुले भने अगस्टमा करिब  १ सय ९५ अर्ब अमेरिकी डलर बजेट घाटा हुने अनुमान गरेका थिए। अमेरिकाको अर्थ मन्त्रालयका अनुसार यस वर्षको अगस्ट महिनामा राष्ट्रपति डोनल्ड ट्रम्पको सरकारले ४ सय २८ अर्ब अमेरिकी डलर खर्च गरेको थियो, जुन सन् २०१८ को अगस्टमा गरेको खर्चभन्दा १ प्रतिशत थोरै हो।

यसैगरी यस वर्ष अगस्ट महिनामा ट्रम्प सरकारले जम्मा जम्मी २ सय २८ अर्ब अमेरिकी डलर राजस्व संकलन गरेको थियो, जुन गत वर्षको अगस्ट महिनाको भन्दा ४ प्रतिशत बढी हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell