PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कुकुरलाई यातना दिने एक महिलालाई २१ हप्ता जेल, ५० हजार यूरो जरिवाना



पहिलोपोस्ट

कुकुरलाई यातना दिने एक महिलालाई २१ हप्ता जेल, ५० हजार यूरो जरिवाना
फोटो : dailymail.co.uk ।

लण्डन : नेपालमा सरकारी निकायबाट नै कुकुरलाई यातना दिएको समाचार आइरहदा इङ्ल्याण्डमा भने कुकुरलाई यातना दिएको अभियोगमा एक महिलालाई जेल चलान गरिएको डेली मेलले बताएको छ

एक सय भन्दा बढी कुकुरलाई यातना दिएको अभियोगमा इङ्ल्याण्डको एक अदालतले ब्रीडर महिलालाई २१ हप्ता जेल सजाय सुनाएको छ। उनलाई ५० हजार यूरो (६१ लाख) जरिवाना पनि तिराइएको छ।

इङ्ल्याण्डको नर्थमबर्ल्याण्डस्थित बिर्नेस गाउँकी ६२ वर्षीया लिन स्टोकरले आफ्नो घरमा साना पिंजडामा कैद गरेकामध्ये केही कुकुरहरु रोगका कारण निकै नाजुक अवस्थामा पाइएको थियो।

जनावरमाथिको हिंसा नियन्त्रण गर्ने निकायका अधिकारीले उनको घरमा नाजुक अवस्थामा कुकुरहरु फेला पारेपछि उनी विरुद्ध मुद्दा परेको थियो। लिनले ती कुकुरलाई लामो समय ताजा पानी तथा खानेकुरा बिना नै राखेको पाइएको थियो। उनीविरुद्ध जनावर हिंसाका १६ वटा मुद्दा परेको थियो।

लिन कुकुर व्यापारी हुन्। उनले कुकुरको प्रजनन गरेर बेच्ने गर्थिन्। तर पछिल्लो समय कुकुर बेच्न उनले ग्राहक नपाउँदा उनको घर कुकुरले भरिएको थियो।

ती कुकुरहरुलाई व्यवस्थापन गर्न सहयोग माग्दा नपाएपछि उनी कुकुरप्रति आक्रामक बनेकी थिइन्। त्यसबारे गुनासो गरिएपछि उनको घरमा खानतलासी गर्न २०१८ को मे महिनामा सर्च वारन्ट जारी गरिएको थियो।

ती कुकुरमध्ये दुई वटा कुकुरको चिउँडो भाँचिएको र धेरैमा स्पष्ट रोगका लक्षणहरू देखिएको कुरा पुर्पक्षका क्रममा अदालतमा जानकारी गराइएको थियो। उनले एकै पिंजडामा धेरै कुकुरहरु राखेको पनि बताइएको थियो।

कुकुरको लागि पिउने पानी समेत नभएको पाइएको थियो। वर्षौँसम्म उपचार नपाएर अत्यन्त नाजुक अवस्थामा रहेका केही कुकुरलाई मार्नु पर्ने बाध्यता भएको पनि अदालतमा जानकारी गराइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell