PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नागरिकता विधेयक भोटिङबाटै अगाडि बढ्यो : अब विदेशी युवतीले बिहे गर्नासाथ पहिले झै नागरिकता नपाउने



पहिलोपोस्ट

नागरिकता विधेयक भोटिङबाटै अगाडि बढ्यो : अब विदेशी युवतीले बिहे गर्नासाथ पहिले झै नागरिकता नपाउने

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेश महिलाले सात वर्षपछिमात्र नागरिकता पाउने गरी नागरिकता विधेयकलाई अगाडि बढाएको छ।

सबैभन्दा पेचिलो बनेको विदेशीसँगको बिहेपछिको नागरिकताको विषयमा नेपाली कांग्रेस असहमति जनाए पनि बहुमतबाट विधेयक अगाडि बढेको हो। यसरी बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउनुअघि विशेष परिचयपत्र पाउने व्यवस्था गरिएको छ। अहिलेको प्रस्तावमा कुनै विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेमा ७ वर्षसम्म परिचयपत्र दिने तर नागरिकता भने त्यसपछिमात्र दिने उल्लेख छ। त्यसैमा कांग्रेसले विरोध गरेको थियो।

हिजोको बैठकमा नेपाली कांग्रेसले पार्टीमा सल्लाह गर्नुपर्ने भन्दै समय मागेको थियो। हिजै समितिमा मतदान गरेर नागरिकता विधेयक अगाडि बढाउने तयारी थियो। कांग्रेसले समय मागेका कारण बैठक आजका लागि सारिएको थियो। कांग्रेसका सांसदहरुले शीर्ष तहका नेतासँग हिजै यसबारे छलफल गरेका थिए।

नेपाली कांग्रेसले बैबाहिक अंगीकृत नागरिकताको विषयमा पुरानै व्यवस्थालाई राख्‍न माग गरेको थियो। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा नेपाली कांग्रेसका दिलेन्द्र बडूले २०६३ सालकै व्यवस्था नभए नमान्ने बताएका थिए। ‘२०६३ को व्यवस्था जस्ताको तस्तै नगरे हामी मान्दैनौं,’ कांग्रेसका बडूले समितिमा भनेका थिए।

कांग्रेसको विरोधका कारण विधेयकलाई भोटिङ मार्फत् टुंगोमा पुर्‍याइएको हो। त्यसका लागि मत विभाजनको प्रकृया अघि बढेको छ। 

विधेयकका अन्य विषयवस्तुमा करिब करिब सहमति भए पनि वैवाहिक अंगीकृत नागरिकताको विषय पेचिलो बन्दै आएको थियो। समितिमा प्रतिनिधित्व गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) थ्रेसहोल्डका पक्षमा थिए। तर, नेपाली कांग्रेस र समाजवादी पार्टी भने उक्त प्रावधानको विपक्षमा उभिएका थिए।

शुक्रबार समितिको बैठकमा कांग्रेस सांसदले आफ्नो पार्टीभित्र नागरिकता विधेयक सम्बन्धमा थप छलफल गर्नुपर्ने भएकाले समय दिन माग गरेका थिए। राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठले शनिवारसम्म पनि दलीय सहमति नभए प्रक्रियामा जाने बताइकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell