PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जब म्यान अफ द म्याच खेलाडीले पुरस्कारको रुपमा पाए एके ४७ गन



पहिलोपोस्ट

जब म्यान अफ द म्याच खेलाडीले पुरस्कारको रुपमा पाए एके ४७ गन

रसियामा एकजना हक्कीका गोलकिपरले उत्कृष्ट प्रदर्शन गरेबापत एके ४७ गन पुरस्कार पाएका छन्। इजस्तल इजेक्सका लागि खेल्ने खेलाडी सेभेली कोनोनोबले चेल्मेटसँगको खेलमा ३६ वटा सट गोल हुनबाट रोकेका थिए। यद्यपि, उनले २ गोल भने ब्यहोरेका थिए।

उक्त खेल इजस्तल इजेक्सले ३–२ ले जितेको थियो। खेलपछि २३ वर्षीय कोनोनोबलाई म्यान अफ द म्याच चुनिएको थियो। त्यसबापत उनले एके ४७ गन उपहार पाएका हुन्।

म्याच सकिएपछि क्लबका प्रतिनिधि बन्दुक लिएर ड्रेसिङ् रुममा पुगेका थिए र उनीहरुले गन कप्तानलाई दिएका थिए। त्यसपछि उनले त्यो गन कोनोनोबलाई दिएका थिए।

इजस्तल क्लब इजभेहेस्क भन्ने ठाउँको क्लब हो। बेलायतको न्युज द सनका अनुसार त्यहाँ विश्व प्रसिद्ध कालासानिकोभ ग्रुपले हजारौं संख्यामा हतियारहरु उत्पादन गर्ने गर्छ। टिम व्यस्थापनले हतियार देखाउनका लागि असान्दर्भिक तरिकाले हतियार प्रदान गरेको जनाएको छ।

अबका हरेक होम गेम पछि उत्कृष्ट हुने खेलाडीले व्यक्तिगत प्रयोगका लागि हतियार पाउने क्लबलाई उदृत गर्दै बिबिसीले जनाएको छ।

‘हामी हतियार उत्पादन गर्ने शहरमा बसेका छौं, कालासानिकोभको शहरमा। हरेक खेल पछि तिमीहरुले नै उत्कृस्ट खेलाडी चुन्ने छौ र उसलाई पुरस्कार स्वरुप हतियार हस्तान्तरण गरिने छ’, क्लबका मुख्य प्रशिक्षक रमिल साइफुलिनले कप्तानलाई बन्दुक दिँदै भने।

साइफुलिनले मजाक गर्दै भने, ‘जितका लागि बधाई तर हामीले हार्‍यौँ भने यसैले सुट गर्ने छौँ।’

‘हामी यो गनलाई अवे खेलमा कसरी लैजान्छौ?’ एक खेलाडीले सोधे।

‘हामी त्यसको समाधान खोज्ने छौं। सायद मोडलको रुपमा काठको गन लैजाने छौं’ साइफुलिनले जवाफ दिए।

उत्कृष्ट खेलाडीले पुस्कारमा पाएको गन पछि अर्को खेलाडी उत्कृष्ट भएपछि हस्तान्तरण गरिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell