PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

‘मोडल हन्ट नेपाल’को शीर्ष उपाधी सुदिप र कुशिकालाई



पहिलोपोस्ट

‘मोडल हन्ट नेपाल’को शीर्ष उपाधी सुदिप र कुशिकालाई

काठमाडौं: ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ। प्रतियोगिताको शीर्ष दुई उपाधि सुदिप वस्ती र कुशिका प्रसाइले जितेका छन्। प्रतियोगितामा महिला र पुरुषतर्फ गरी दुई विजेता चयन गरिएको हो।

वस्तीले २९ प्रतियोगीलाई पछि पार्दै पुरुषतर्फ र काठमाडौं कपनकी कुशिकाले २६ प्रतियोगीलाई पछि पार्दै महिलातर्फको उपाधट्ठ जितिन्।

यी दुबैले चाइनामा हुने सुपर मोडल ग्लोव, लक्जरी ब्राण्ड मोडल अवार्ड, मिस्टर एण्ड मिस मोडल वल्र्डवाइड, मिस्टर वसिन, पन फेसन विक, एसिया लाइस्टाइल विक लगायत अन्तर्राष्ट्रिय फेसन तथा मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छन्। 

प्रतियोगीतामा सम्सद शाह, ख्याति शर्मा फस्ट रनर्स अप भए। त्यस्तै अमन शाह, एलिना भुजु सेकेन्ड रनर्स अप भए।

मोडल हन्ट नेपालको यो पाँचौ संस्करण हो।

मोडल तथा अभिनेत्री परमिता राणा, पूर्व मिस नेपाल उषा खड्गी, मोडल सृजना रेग्मी, फेसन डिजाइनर दल्जित सुदान, फेसन कोरियोग्राफर अभिमन्यु सिंह तमोर प्रतियोगिताका लागि निर्णायक रहेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell