PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

झापामा ५०० जना भन्दा बढिमा डेंगुको संक्रमण



रासस

झापामा ५०० जना भन्दा बढिमा डेंगुको संक्रमण
फोटो: The Conversation ।

सुरुङ्गा : तीन महिनाअघि देखा परेको डेंगु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगु रोग नियन्त्रणमा आउन नसकेको हो।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेंगुका रोगी ५०० भन्दा बढी छन्। उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिए। उनका अनुसार यस्तै अवस्था रहे झापामा पनि सङ्कट आउन सक्छ।

डेंगु नियन्त्रणका लागि गत वर्षसम्मका कार्यक्रम सकिए पनि यस वर्ष कुनै कार्यक्रम नआएको पौडेलको भनाइ छ। स्थानीय तहले डेंगु नियन्त्रणका लागि चासो दिनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलले बताए।

डेंगुका कारण झापामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ। यो वर्ष झापामा कसैको मृत्यु नभए पनि यसरी नै बिरामीको सङ्ख्या बढ्दै गएमा भयावह अवस्था सिर्जना हुनसक्ने पौडेलले बताए।

झापामा डेंगु पहिलोपटक मेचीनगरमा फेला परेको थियो। झापाका मेचीनगर, विर्तामोड, दमक, भद्रपुरलगायतका नगर डेंगुको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell