PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चोरीको सवारीमा एसएसपी ढकालको एक्सनः ग्यारेजमा पनि प्रहरी निगरानी



चोरीको सवारीमा एसएसपी ढकालको एक्सनः ग्यारेजमा पनि प्रहरी निगरानी

काठमाडौं: गत साउन १४ गते महालक्ष्मी स्थानमा पार्किङ गरेको बा ५८ प ४४६२ नम्बरको पल्सर मोटरसाइकल हरायो। सुरज बमले आफ्नो हराएको मोटरसाइकल खोजी गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निवेदन दिए।

भदौ २३ गते ट्राफिक प्रहरीले हराएको मोटरसाइकल सुरजलाई फिर्ता दिन सफल भयो। सुरजले आफ्नो मोटरसाइकल पाएपछि खुसी हुँदै प्रहरीलाई धन्यवाद दिए।

तर, चोरी भएका सबै मोटरसाइकल फिर्ता गराउन भने ट्राफिक प्रहरी सफल देखिदैन। राजधानीबाट चोरी भएका केही मोटरसाइलक मात्र सवारी धनीले फिर्ता पाएका छन्। चोरी भएपछि उनीहरुले मोटरसाइकलको पाटपुर्जा, च्यासिस नम्बरसमेत मेटाएर ग्यारेजलाई बिक्री गर्ने गरेको पाइएको छ। ‘चोरीको मोटरसाइकल ग्यारेजमा लगेर पार्टपूर्जा निकालेर बिक्री गर्ने गरेको पाइयो,' महाशाखाका एसएसपी भिम ढकालले भने।

केही साता अघिमात्र उपत्यकाभित्र मोटरसाइकल चोरी गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महाशाखाको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो। त्यस्तै आइतवार थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। यसरी पक्राउ पर्नेमा ग्यारेज संचालक रहेका छन्। प्रहरीले बानेश्वर र बुढानिलकण्ठमा ग्यारेज संचालन गरेर चोरीको मोटरसाइकल खरिद गर्ने गरेको पाइएको एसएसपी ढकालले जानकारी दिए। ‘चोरीको मोटरसाइकल किन्ने पनि अब हाम्रो निगरानीमा छन्। थप अनुसन्धान गरिरहेका छौं,' एसएसपी ढकालले भने।

प्रहरीले चोरीका भएका थप ४ वटा मोटरसाइकलसमेत बरामद गरेको छ। केही साता अघिमात्र प्रहरीले राजधानीको बसुन्धरा, कालीमाटी, माछापोखरी, नयाँ बसपार्क, दरबारमार्ग, तीनचुलीलगायत स्थानबाट हराएको १८ वटा मोटरसाइकल तथा स्कुटरसमेत फेला पारेर सवारी धनीलाई बुझाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell