PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रहरीको नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाही रिहा



पहिलोपोस्ट

प्रहरीको नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाही रिहा

काठमाडौं : भष्ट्राचार अभियन्ताको रुपमा आफूलाई चिनाउँदै आएका ज्ञानेन्द्र शाहीलाई प्रहरीले सोमबार रिहा गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरको नियन्त्रणमा २४ घन्टा रहेका शाहीलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा रिहा गरिएको परिसरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

शाहीलाई प्रहरीले आइतवार दिउँसो ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो। शाहीले पत्रकार सम्मेलन गरिरहेको समयमा केही युट्युवरहरु बिच सामान्य झडपको अवस्था सृजना भएको थियो। सम्मेलनमा पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

'प्रशासनलाई नै जानकारी नदिइ कार्यक्रमम गर्नुभएको रहेछ। त्यसै क्रममा झडप भएपछि नियन्त्रणमा लिएका थियौं', एसएसपी राईले भने।

गत शनिवार राति नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरलाइन्सको विमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकै कारण एक घण्टा ढिलो भएको भन्दै शाहिले विरोध गरेका थिए। बिमानभित्र नै शाहीलगायत अन्य यात्रुले मन्त्रीको कारण विमान ढिला भएको भन्दै आक्रोस पोखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell