PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एएफसी फुटबल : नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

एएफसी फुटबल : नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै
जोर्डनसँगको खेलमा प्रतिस्पर्धा गर्दै नेपाली खेलाडी। फाइल फोटोः जोर्डन फुटबल

काठमाडौं : जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा नेपालले आज कुवेतको सामना गर्दै छ।

जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा घरेलु टोली जोर्डनसँग ७–० को लज्जास्पद हार बेहोरेको नेपालले दोस्रो खेलमा कुवेतको सामना गर्न लागेको हो। यता कुवेतले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो। नेपाल र कुवेतबीचको खेल राति १०:४५ बजे हुनेछ।

नेपाल प्रतियोगिताको समूह 'ए'मा छ। समूह 'ए' मा नेपालसँगै जोर्डन, कुवेत, श्रीलंका र ताजकिस्तान रहेका छन्। नेपाल रहेको समूहमा जोर्डन र कुवेतले समान १/१ खेल जित्दै ३ अंक जोडेका छन् भने नेपाल र श्रीलंका आफ्नो पहिलो खेलमा पराजित छन्।

यसअघि नेपाली यू १५ टोली दक्षिण एसियाली खेलकुदमा उपविजेता बन्न सफल भएको थियो। साफ खेलेका  कप्तान प्रदीप लम्सालसँगै तीन खेलाडी भने बढी उमेरका कारण टोलीमा समावेश छैनन्। लम्सालसँगै असिम राई र ईश्वर गुरुङको एमआरआई परीक्षणमा उमेर बढी देखिएपछि टोलीमा समावेश नगरिएको हो।  प्रतियोगितामा ४८ वटा देशले भाग लिनेछन्।

नेपालले बाँकी खेलमा असोज ३ गते ताजकिस्तान र असोज ५ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell