PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संसद सूचारु भएको केही बेरमै कांग्रेसले गर्‍यो प्रतिनिधिसभा अवरुद्ध, सत्तारुढ दलका सांसदले दिए आन्दोलनको चेतावनी



संसद सूचारु भएको केही बेरमै कांग्रेसले गर्‍यो प्रतिनिधिसभा अवरुद्ध, सत्तारुढ दलका सांसदले दिए आन्दोलनको चेतावनी

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिपछि खुलेको प्रतिनिधि सभाको बैठक पुन अवरुद्ध भएको छ। 

बाँके घटनालाई लिएर खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि कांग्रेस संसदको अवरोध हटाउन तयार भएको थियो।

बैठकमा कांग्रेसकी सचेतक पुष्पा भुसालले बोलेपछि बाँकेका ने क पा का सांसद नन्दलाल रोकाले आपत्ति जनाउँदै आन्दोलन गर्नसमेत तयार रहेको चेतावनी दिएपछि कांग्रेसले सदन अवरुद्ध गरेको हो। सांसद रोकाले वडाध्यक्षलाई  कारबाही गर्न नपाईने र घटना अनुसन्धान गर्न समिति बनाउन माग गरे।

उनको मागपछि कांग्रेसले अहिले रोस्टम घेराउ गर्दै नाराबाजी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell