PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कांग्रेसको विरोधपछि संसद बैठक बुधवारसम्मका लागि स्थगित



कांग्रेसको विरोधपछि संसद बैठक बुधवारसम्मका लागि स्थगित

काठमाडौं : सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आइतवार संसद सुचारु गराउने सहमति भएको थियो। बाँके घटनालाई लिएर खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि कांग्रेस संसदको अवरोध हटाउन तयार भएको थियो।

सहमति अनुरुप संसद सुचारु भयो र कांग्रेस सचेतक पुष्पा भुसालले आफ्नो धारणा राखिन्। उनको धारणा लगत्तै  नेकपाका सांसद नन्दलाल रोकाले आपत्ति जनाएपछि कांग्रेसले विरोध जनायो र संसद अवरुद्ध गर्‍यो।

नेकपाका सांसद रोकाले आपत्ति जनाउँदै आन्दोलन गर्नसमेत तयार रहेको चेतावनी दिएपछि कांग्रेसले सदन अवरुद्ध गरेको हो। सांसद रोकाले वडाध्यक्षलाई  कारबाही गर्न नपाइने र घटना अनुसन्धान गर्न समिति बनाउन माग गरे। त्यसपछि कांग्रेसले रोस्टम घेर्दै संसद अवरुद्ध गर्‍यो।

सभामुख कृष्णबहादुर महराले लगातार प्रयास गर्दा पनि कांग्रेस संसदले अडान नछाडेपछि संसद बैठक असोज १ बुधवार ११ बजेसम्मका लागि स्थगन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell