PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्रीको राजीनामा माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध



पी बी खड्का

कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्रीको राजीनामा माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

सुर्खेत : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीको राजीनामा माग गरेको छ। कांग्रेसले आज बसेको प्रदेशसभा बैठकमा मन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका हो।

प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले मन्त्रीले संसद बैठकलाई गुमराहमा राखेको र संसदलाई झुठो विवरण पेश गरेको भन्दै सिंगो ससंदको मान मर्यादा कायम नराखेको आरोप लगाए।

'बैठकले विनियोजन विधेयक पास गर्‍यो। सर्वसम्मतले पास भयो। जहाँ सुकै सरकारका मन्त्रीले संसदले गरेको निर्णय गुमराहमा राख्न मिल्दैन्। सरकारले सदनले गरेको निर्णय विरुद्ध जाने प्रचलन हुदैँन' उनले भने, 'हाम्रो प्रदेशमा सदनले एउटा पास गर्‍यो तर, विधेयक बनेर अर्को आयो।'

उनले थपे, 'जुन विधेयकको अंग हुने गरि प्रतिवद्धता गर्नुभयो। प्रमाणीकरण गरेको विनियोजन विधेयक आउँदा अंग नै काटेर फाल्नुभयो।'

संसदमा नमुना ढंगबाट ल्याएको विनियोजन विधेयकले संसदलाई छल्ने काम गरेको आरोप लगाउँदै उनले मन्त्रीको राजीनामा माग गरेका थिए।

'आफैँले बोलेको बचन, सर्वसम्मत पास गरेको बजेटलाई गुमराहमा राखेर सदनलाई आज कुद्धबाटोमा हिडाउने मन्त्रीको राजीनामा माग गर्छौं’ नेता शाहीले भने, ‘यो सरकार छ की छैन? यसरी संसदलाई छल्ने? गुमराहमा राख्ने? संसदलाई झुठो विवरण बुझाउने? झुठो बोल्ने? सिंगो सदनको मान मर्दन गर्ने आर्थिक मामिला मन्त्रीको राजीनामा माग गर्छौं।'

मन्त्रीको राजीनामा नआउँदासम्म सदन अघि बढ्न नसक्ने उनले चेतावनी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell