PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जागरण अभियानका लागि प्रदेश पाँचमा पाँच दिन भ्रमणमा निस्कँदै पौडेल



जागरण अभियानका लागि प्रदेश पाँचमा पाँच दिन भ्रमणमा निस्कँदै पौडेल
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोस्रो जागरण अभियानका क्रममा प्रदेश पाँचका विभिन्न जिल्लाको कार्यक्रममा सहभागी हुने भएका छन्।

पौडेलले आज एक विज्ञप्ति जारी गर्दै असोज ५ गतेदेखि असोज १० सम्म पाँच दिन प्रदेश पाँचमा भ्रमणमा निस्कने बताएका हुन्।

पौडेलले असोज ५ गते रुपन्देहीबाट सुरु गर्ने भ्रमण असोज १० गते बाँके पुगेर समापन हुनेछ। उनी असोज १० गते नेपालगञ्जबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

भदौ २४ बाट काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु भएको छ भने असोज ७ मा समापन हुने कार्यक्रम रहेको छ।

भ्रमण कार्यक्रम  यस्तो

असोज ५: बिहान भैरहवा हुँदै कपिलवस्तु पुग्ने। जागरण अभियानको दोस्रो चरणको कार्यक्रम तौलीहवामा सम्वोधन। (रात्री मुकाम, कपिलवस्तु, तौलीहवा)

असोज ६: बिहान कपिलवस्तुबाट प्यूठान पुग्ने। प्यूठानमा सम्वोधन। (रात्री मुकाम, रोल्पा )।

असोज ७: नेपाली कांग्रेस रोल्पा जिल्लाले आयोजना गरेको विभिन्न कार्यक्रमलाई सम्वोधन गर्ने र जागरण अभियानको दोस्रो चरणको समापन कार्यक्रमलाई सम्वोधन गर्ने। (रात्री मुकाम, प्यूठान स्वर्गद्धारी )।

असोज ८: स्वर्गद्धारीबाट दाङ प्रस्थान दाङमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने। (रात्री मुकाम घोराही)

असोज ९: दाङमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने। (रात्री मुकाम तुलसीपुर)

असोज १०: दाङ जिल्लाबाट नेपालगञ्ज प्रस्थान र हवाई मार्ग हुदै काठमाडौं फर्कने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell