PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एएफसी यू १६:  नेपालको कुवेतसँग बराबरी



पहिलोपोस्ट

एएफसी यू १६:  नेपालको कुवेतसँग बराबरी
तस्बिरः कुवेत फुटबल एसोसिएसन

जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको गएराति भएको खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ। पहिलो खेलमा घरेलु टिम जोर्डनसँग फराकिलो अन्तरको पराजय भोगेको नेपालले दोस्रो खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा १–१ को बराबरी खेलेको हो।

जोर्डनस्थित प्रिन्स मोहम्मद स्टेडियममा भएको खेलमा नेपालले खेलको ७४ औं मिनेटमा अग्रता लिएको थियो। नेपालका लागि दिपेश राईले गोल गरेका थिए। यता कुवेतले भने खेलको अन्तिम मिनेटमाा गोल गर्दै खेल बराबरीमा ल्याएको हो। कुवेतका लागि अब्दुलाब अल्हिन्नदीले पेनाल्टीमार्फत गोल गरे।

नेपाल प्रतियोगिताको समूह 'ए'मा छ। समूह 'ए'मा नेपालसँगै जोर्डन, कुवेत, श्रीलंका र ताजकिस्तान रहेका छन्। नेपाल रहेको समूहमा जोर्डन र ताजकिस्तानले समान १/ १ खेलमा जित निकाल्दै ३ अंक जोडेका छन्। त्यस्तै २ खेल खेलेको कुवेतले १ जित र १ बराबरीसहित ४ अंक जोडेको छ। समान २ खेल खेलेको नेपालले १ पराजय र १ बराबरी खेल्दै १ अंक जोडेको छ। त्यस्तै २ खेल खेलेको श्रीलंका दुवै खेलमा पराजित बन्दै अंकबिहीन छ। 

यसअघि नेपाली यू १५ टोली दक्षिण एसियाली खेलकुदमा उपविजेता बन्न सफल भएको थियो। साफ खेलेका  कप्तान प्रदीप लम्सालसँगै तीन खेलाडी भने बढी उमेरका कारण टोलीमा समावेश छैनन्। प्रतियोगितामा ४८ वटा देशले भाग लिनेछन्।

नेपालले बाँकी खेलमा असोज ३ गते ताजकिस्तान र असोज ५ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell