PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मिस र मिस्टर ब्लाइन्ड रकर्स उपाधि  स्मारिका र सौगातले जिते



पहिलोपोस्ट

मिस र मिस्टर ब्लाइन्ड रकर्स उपाधि  स्मारिका र सौगातले जिते

काठमाडौं : यस वर्षको मिस र मिस्टर ब्लाइन्ड रकर्सको उपाधि  स्मारिका पोख्रेल  र सौगात वाग्लेले जितेका छन्। ४० जना सहभागीहरूबाट विभिन्न चरणमा गरी छानिएका २१ जना प्रतियोगीमध्ये उनीहरूले उपाधि जित्न सफल भएका हुन्।

यसैगरी टीकाराम आले फस्ट रनर अप र सम्झना रिमाल, बेस्ट स्माइल प्रतिभा राई, बेस्ट हवाइट केन वाक सन्जिया श्रेष्ठ, बेस्ट फ्रेन्डसिप अनीश ढकाल, बेस्ट टयालेन्ट स्मारिका पोख्रेल, मोस्ट पंक्चुअल त्रिषा लामा, मोस्ट रेस्पोन्सिबल सावित्री पौडेल, मोस्ट जोलि निस्चल सिवाकोटी रहेका छन्।

दृष्टिविहीन युवायुवतीको क्षमता अभिवृद्धि गरी उनीहरूभित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्नको लागि गत वर्षदेखि मिस एन्ड र मिस्टर ब्लाइन्ड रकर्सको आयोजना हुँदै आएको छ। 

ब्लाइन्ड रक्स नामक संस्थाले आयोजना गरेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष सृष्टि केसीले दृष्टिविहीनलाई समाजले हेर्ने मानसिकतामा परिवर्तन ल्याउन जरुरी रहेको बताएकी थिइन्। 

संस्थाकी अध्यक्ष के.सी १६ वर्षको उमेरमा डाक्टरको लापरवाहीले दृष्टिविहीन हुन पुगेकी थिइन् हाल उनी अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकरको रूपमा परिचित छन्।

संस्थाले दृष्टिविहीन युवा तथा अन्य व्यक्तिहरूलाई समेत क्षमता अभिवृद्धि सम्बन्धी तालिम, डान्स कक्षा लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell