PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इंग्ल्यान्ड एकदिवसीय विश्वकप सर्वाधिक हेरिएको आइसिसी इभेन्ट



पहिलोपोस्ट

इंग्ल्यान्ड एकदिवसीय विश्वकप सर्वाधिक हेरिएको आइसिसी इभेन्ट

इंग्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकप आइसिसीले आयोजना गरेकाे इभन्टमध्ये सर्वाधिक हेरिएको इभेन्ट भएको आइसिसीले जनाएको छ।

आइसिसीको रिपोर्ट अनुसार यो विश्वकपलाई १ अर्ब ६० कराेड मानिसहरुले लाइभ हेरेका थिए। यो प्रतियोगितामा सन् २०१५ को विश्वकपको तुलनामा ३८ प्रतिशत बढी मानिसहरुले प्रत्यक्ष हेरेका थिए। सन् २०१५ मा १ अर्ब १६ कराेड मानिसहरुले विश्वकपको प्रत्यक्ष प्रसारण हेरेका थिए।

उक्त प्रतियोगितामा भारत र पाकिस्तानको म्याच विश्वभरि सर्वाधिक हेरिएको थियो। आइसिसीले भनेको छ, ‘विश्वस्तरमा सबैभन्दा बढी हेरिएको खेल भारत र पाकिस्तानको म्याच थियो। यो म्याचलाई २७ करोड ३० लाख मानिसले टिभीमा हेरेका थिए। त्यस्तै ५ करोड मानिसले अन्य डिजिटल प्लेटफर्ममा हेरेका थिए।’

त्यस्तै न्युजिल्यान्ड र भारतबीच भएको सेमिफाइनल खेलमा २ करोड ५३ लाख जनाले हटस्टारमा प्रत्यक्ष प्रसारण हेरेका थिए। डिजिटल प्लेटफर्ममा यो सर्वाधिक दर्शकले क्रिकेट हेरेको रेकर्ड हो।

'यी रेकर्ड तोड्ने गरी आएको तथ्यांकले विश्वभरिका दर्शकलाई एक ठाउँमा ल्याएर क्रिकेटको शक्ति देखाएको छ,' आइसिसीका प्रमुख कार्यकारी अधिकृत मनु स्वहनेले भनेका छन्।  

इङ्ल्यान्ड एकदिवसीय विश्वकप २५ ब्राेडकास्ट च्यानलबाट २०० भन्दा बढी देशका दर्शकले प्रत्यक्ष प्रसारण हेरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell