PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

जन्मदिनमा मोदीलाई तीन भाषामा शुभकामना दिएका प्रधानमन्त्री ओलीलाई प्रश्न : नेपालीमा चाहिँ खोइ त?



सहयोग रञ्जित

जन्मदिनमा मोदीलाई तीन भाषामा शुभकामना दिएका प्रधानमन्त्री ओलीलाई प्रश्न : नेपालीमा चाहिँ खोइ त?

काठमाडौं: आज सेप्टेम्बर१७। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन। उनी हाल आफ्नो जन्मथलो अहमदाबादमा छन्। आज भव्य कार्यक्रम गरेर उनको जन्मदिन मनाइँदैछ।

विश्वभरबाट मोदीलाई सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना आउँदैछन्। त्यसैबीच अहिले भारतीय मिडियामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीट चर्चामा रहेको छ।

छिमेकीको नाताले एकाबिहानै ओलीले भारतका मोदीलाई जन्मदिनको बधाई दिए ट्वीटबाट। ओलीले तीन थरीका भाषामा गरेको ट्वीटलाई भारतीय मिडियाले प्राथमिकता दिएका हुन्।

ओलीले पहिले अङग्रेजी, दोस्रो हिन्दी र तेस्रोमा गुजराती भाषामा ट्वीट गर्दै मोदीलाई शुभकामना दिएका छन्। ओलीले मोदीको सुस्वास्थ्य, दीर्घायु र खुशी जीवनको कामना गर्दै नेपाल र भारतबीच द्विपक्षिय सम्बन्धलाई मिलेर बलियो बनाउने र आगामी दिनमा सहकार्य जारी रहने बताएका छन्।

तर ओलीले तीन- तीन भाषामा ट्वीट गर्दै बधाई दिँदा आफ्नै भाषालाई भने बिर्सेका छन्।

राष्ट्र भाषा नेपाली नै बिर्सेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भएको छ।

हुनत: प्रधानमन्त्री ओलीले मोदीकै सिको गरेका हुन्, ट्वीटमा। ट्वीटरमा बढी नै सक्रिय रहने मोदी सहित विभिन्‍न भाषामा ट्वीट गर्दै सन्देश दिने गर्छन्। रसिया पुगेको बेला उनी रसियन भाषामा ट्वीट गर्छन् नेपाल आएको बेला नेपालीमा। तर हिन्दीमा लेख्न बिर्सिदैनन्।

तर, ओलीले भने नेपालीलाई बिर्सएर तीन अलग भाषामा ट्वीट गरे। पशुपतिमा राष्ट्रिय गान, संविधान दिवसमा नेपालको झण्डा अंकित टि-सर्ट लगाउन आह्वान गर्दै राष्ट्रियताको कुरा गर्ने मोदी सरकार आफ्नै मातृभाषा बिर्सिएर मोदीको मातृभाषा गुजरातीमा ट्वीट गर्दै बस्नुलाई धेरैले आलोचना गरेका छन्।

एक ट्वीटर प्रयोगकर्ताले ओलीलाई मेन्सन गर्दै प्रश्न गरेका छन्,' शुभकामना दिनु एकदमै सही हो तर यो तरिका त चाकरीको हदै बढी नै भयो जस्तो लाग्यो!  ओली ज्यु! खड्ग ओली ज्यु तपाईंले अलि हेक्का राख्नु होला! तपाई अहिले कुनै खड्ग ओली हैन नेपालको प्रधानमन्त्री हुनुहुन्छ कुनै बच्चामा लुकमारी खुलेको जस्तो नसम्झिनु होस।'

 

त्यसैगरी पूजा बास्कोटाले प्रश्न गरेकी छिन्, 'नेपालीमा चाहि खोइ त?'

विजय कुबँरले पनि उनलाई साथ दिएका छन्। 

 

यसैगरी कोहीले भने एक भाषामै शुभकामना दिए हुने प्रतिक्रिया दिएका छन्।

 

भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रियताको नारा उठाउँदै सत्तामा पुगेको ओलीलाई पछिल्लोपटक भारतसामु आफ्नो 'स्ट्यान्ड' लिन नसकेको आरोप लाग्दै आएको छ।

भदौ महिनाको सुरुवाती दिनमा प्रधानमन्त्री केपी शर्मा ओली चर्चामा रहे। गैडालाई विदेशीहरुले 'कम्फर्ट अफ टङ' का कारण 'राइनो' भनेको भन्दै उनले गैडालाई गैडा नै भन्न आह्वान नै गरे।  तर अरुलाई नेपाली सिकाउने र आफै नेपाली बिर्सने प्रवृत्तिले ओली नै घाटा हुने हेक्का उनले र उनका सल्लाहकारहरुले राख्नु पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell