PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लुटपाटमा संलग्न दुई पक्राउ



लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौं: उपत्यकाभित्र रहेका सहकारी तथा वित्तिय संस्थामा चोरी तथा लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार रामेछाप दोरम्बा गाउँपालिकाका सुनिल थापा मगर र  दानबहादुर थापा मगर नियन्त्रणमा लिएको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए।

उनीहरुले भदौ २५ गते बिहान २  बजेको समयमा काठमाडौं पेप्सिकोला टाउन प्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरुले  संस्थाको कोठा फोडेर सात लाख उनान्नई हजार नौ सय बयानब्बे रुपैयाँ र विभिन्न व्यक्तिका कागजात चोरी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

उनीहरुको साथबाट प्रहरीले चोरी गरी लगेको फलामको सेफ तथा सेफ फोड्न प्रयोग गर्ने फलामको रड, त्रिपन्न हजार रुपैयाँ बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell