PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अफगानी राष्ट्रपति घानी उपस्थित निर्वाचन र्‍यालीमा आत्मघाती बम विस्फोट, २४ जनाको मृत्यु



अफगानी राष्ट्रपति घानी उपस्थित निर्वाचन र्‍यालीमा आत्मघाती बम विस्फोट, २४ जनाको मृत्यु
फोटो: REUTERS

अगानिस्तानमा राष्ट्रपति निर्वाचनको प्रचारप्रसारका क्रममा एक र्‍यालीमा आत्मघाती बम विस्फोट हुँदा २४ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

अफगानिस्तानको राजधानी काबुलको उत्तरी क्षेत्रमा हुँदै गरेको र्‍यालीमा अफगानी राष्ट्रपति असरफ घानीले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। विस्फोटमा घानीलाई केही नभएको अधिकारीहरुले बताएका छन्।

यस्तै, आजै मध्य काबुलमा रहेको अमेरिकी राजदूतावास नजिकै भएको अर्को बम आक्रमणमा ३ जनाको मृत्यु भएको छ।

हालसम्म विस्फोटको जिम्मेवारी कुनै संस्थाले लिएका छैनन्। तर, अधिकारीहरुले भने आक्रमणमा अफगानिस्तानमा सक्रिय तालिवानको संलग्नता रहेको अनुमान गरेका छन्।

अमेरिकासँगको शान्ति सम्झौता रद्द भएपछि अफगानिस्तानमा फेरि तालिवान सक्रिय भएको बताइएको छ। तालिवानको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौता रद्द गरेका थिए। तालिवानले भने सम्झौता रद्द गरेर अमेरिकालाई नै घाटा हुने तर्क गर्दै आएको छ।

सेप्टम्बर २८ मा अफगानिस्तानमा राष्ट्रपति निर्वाचन हुदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell