PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुदूरपश्चिममा ५० जनामा देखियो डेंगु, १०४ जनालाई स्क्रब टाइफस 



एम बम

सुदूरपश्चिममा ५० जनामा देखियो डेंगु, १०४ जनालाई स्क्रब टाइफस 

कैलाली: सुदूरपश्चिमा स्क्रब टाईफस र डेंगुको सङ्क्रमण भयावह बन्दै गएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा एक सय ४ जनामा स्क्रब टाईफस र ५० जनामा डेंगु देखिएको छ। पहाडी जिल्ला बाजुरा बाहेक सबै जिल्लामा डेंगु र अछाम र बाजुरा बाहेकका जिल्लामा स्क्रब टाईफस देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।

 उनका अनुसार स्क्रब टाईफसबाट सबैभन्दा बढी डडेलधुरामा ५० जना र डेङ्गुबाट कैलालीमा २३ जना सङ्क्रमित भेटिएका छन्। यस्तै स्क्रब टाईफसका कैलालीमा २८, बैतडीमा १२, कञ्चनपुरमा ५, डोटीमा ४, बझाङमा ३ र दार्चुलामा दुई जना सङ्क्रमित रहेका छन्।

यस्तै डेंगुका दार्चुला  र कञ्चनपुरमा ९÷९ जना, डोटी र अछाममा २÷२ जना, बैतडी र बझाङ १÷१ जना र डडेलधुरामा ३ जना सङ्क्रमित भेटिएका छन्। 

हालसम्म प्रदेशमा स्क्रब टाईफसबाट १ र डेंगुबाट एक गरी २ जनाको मृत्यु समेत भइसकेको छ। 

यसको नियन्त्रणका लागि सबैलाई निर्देशन गरिसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयका उप–सचिव झंकर बहादुर विष्टले बताए। तर सङ्क्रमण भने दिनप्रतिदिन बढ्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell