PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

डोनाल्ड ट्रम्पले चाहे फेरि वार्तामा बस्न तयार: तालिबान



डोनाल्ड ट्रम्पले चाहे फेरि वार्तामा बस्न तयार: तालिबान
फोटो:BBC

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहे आफुहरु फेरि वार्तामा बस्न तयार रहेको तालिबानी नेताले बताएका छन्। 

तालिबानबाट मुख्य वार्ताकारका रुपमा रहेका शेर मोहम्मद अब्बास स्टानिकजियले बीबीसीसँगको अन्तर्वार्तामा अफगानिस्तानमा शान्ति स्थापन गर्न वार्ता नै एकमात्रै माध्यम भएको भन्दै वार्तामा बस्ने बताएका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले एक हप्ताअ घि तालिबानसँगको शान्ति सम्झौता रद्द गरेका थिए। अमेरिका र तालिवानबीच वार्ता चलिरहँदा काबुलमा तालिबानको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि ट्रम्पले शान्‍ति सम्झौता भंग गर्नुका साथै तालिवान नेताहरुसँग तय भएको वार्ता समेत रद्द गरेका थिए।

यसअघि तालिबानले भने अमेरिकी कदमले सबैभन्दा ठूलो घाटा अमेरिकालाई नै हुने प्रतिक्रिया दिएको थियो। एक विज्ञप्ती जारी गर्दै अन्तिम समयसम्म सबै कुरा ठिक भएको तर एउटा घटनालाई आधार मानेर शान्ति प्रक्रियालाई नै रोक्न काम उचित नभएको बताएका तालिबानले जनाएको थियो। तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अमेरिकाले परिपक्वता र अनुभव प्रदर्शन गर्न नसकेको आरोप समेत लगाएका थिए।

कतारमा अमेरिका र तालिबानका प्रतिनिधिहरुबीच धेरै चरणमा भएको वार्तापछि शान्ति सम्झौताको खाँका तयार भएको थियो। सम्झौता अनुसार अमेरिकाले अफगानिस्तानमा कार्यरत आफ्ना ५ हजार ४०० सैनिकलाई २० हप्ताभित्र फिर्ता बोलाउने उल्लेख थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell